वाणिज्य बैंकहरुमध्ये मेगा र सेञ्चुरी कमर्सियल बैंकको शेयर खरीद माग उच्च

असार १७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार २६ ओटा सूचीकृत वाणिज्य बैंकहरुमध्ये मेगा बैंक र सेञ्चुरी कमर्सियल बैंकको खरीद माग उच्च रहेको छ ।  यो दिन सर्वाधिक खरीद चाप भएका १० ओटा कम्पनीमध्ये मेगा र सेञ्चुरी कमर्सियल बैंक बाहेक बाँकी म्यचुअल फण्डहरु रहेका छन् । यस दिन सर्वाधिक खरीद चाप भएको १० ओटा कम्पनीहरुमध्ये पहिलो नम्बरमा लक्ष्मी उन्नती कोष, दोस्रोमा मेगा बैंक, तेस्रोमा सानिमा इक्वीटी फण्ड, चौथोमा सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२, पाचौंमा सेञ्चुरी कमर्सियल बैंक, छैठौंमा सिटिजन्स म्युुचुअल फण्ड –१, सातौंमा ग्लोबल आइएमई सम्मुनत् स्किम—१, आठौंमा नबिल व्यालेन्स्ड फण्ड–२, नवौंमा एनएमबी ५० र दशौं नम्बरमा सनराइज फष्र्ट म्युचुअल फण्ड रहेको छ । यस दिन बजार बन्द हुनुभन्दा दुई मिनेटअघिसम्म सर्वाधिक खरीद चापको पहिलो नम्बरमा रहेको लक्ष्मी उन्नती कोषको १२ लाख ४९ हजार ६९० इकाई ७ ओटा अर्डरबाट खरीद माग रहेको थियो ।  मेगा बैंकको ९८ ओटा अर्डरबाट ६ लाख ५ हजार ८१७ कित्ता र सेञ्चुरी कमर्सियल बैंकको ३ लाख १२ हजार ३९३ कित्ताका लागि १४१ ओटा अर्डरबाट शेयर खरीदको माग भएको छ । सर्वाधिक खरीद चाप भएको दोस्रो नम्बरमा परेको मेगा बैंकको शेयरमूल्य यो दिन २ दशमलव ४९ प्रतिशत र सेञ्चुरी कमर्सियल बैंकको ३ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ । मेगा बैंकको प्रतिकित्ता रू. ९ ले बढेर अन्तिम मूल्य रू. ३७० र सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रू. ९ ले बढेर अन्तिम मूल्य रू. २९५ कायम भएको छ । मेगा बैंकको बिहीवार रू. १८ करोड २४ लाख ५२ हजार बराबरको ४ लाख ९३ हजार ८८३ कित्ता र सेञ्चुरी कमर्सियल बैंकको रू. ११ करोड ५७ लाख २६ हजार बराबरको ३ लाख ९४ हजार ५५५ कित्ता शेयर कारोबार भएको छ । वाणिज्य बैंकहरुमध्ये यी दुई कम्पनीको शेयरमूल्य कम भएकाले पनि लगानीकर्ताहरु कम मूल्यको शेयर खरीदमा आकर्षित भएको देखिन्छ ।     

सम्बन्धित सामग्री

सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोट तथा त्रिसाराबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाडौंबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाडौंमा छुट प्रदान गर्ने गरी सम्झौता भएको बैंकले जनाएको छ ।जंगल भिल्ला रिसोर्ट, […]

सेञ्चुरी कमर्सियल बैंक र नारायणी सामुदायिक अस्पतालबीच सहकार्य

सेञ्चुरी कमर्सियल बैंक नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने बिभिन्न सेवा (ओ. पि. डी., फार्मेसि, सि.टी. स

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाहरूको सुरक्षणसम्बन्धी सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक र कोषबीच सम्झौता

काठमाडौं, २८ भदौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका रु. ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुनेछ । यस […]

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ नगर सिटी अस्पतालबिच सम्झौता

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थ नगर सिटी अस्पतालबिच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पतालबिच विभिन्न सेवा सुविधाहरु मा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो । बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोग कर्ता, सम्पूर्ण ग्राहक वर्गहरु […]

सेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच व्यावसायिक सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच स्मार्ट क्यूआर कोड प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र धनगढीस्थित किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिका लागि ट्रयाक्टर खरिदमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालयबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले बाइ ब्याक ग्यारेन्टीको सुविधासमेत उपलब्ध […]

सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र धनगढीस्थित किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिका लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुपबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ ।बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहक तथा बैकका कर्मचारीलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका सेवामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदानगर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर […]

सेञ्चुरी कमर्सियल बैंक र आठबिसकोट नगरपालिकाबीच सम्झौता

कृषि क्षेत्रको व्यावसायिकतामार्फत आत्मनिर्भर नगरपालिका निर्माणका लागि सेञ्चुरी कमर्सियल बैंक र आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । रुकुम जिल्लाको आठबिसकोट नगरपालिकामा कृषक सहकार्य समूहमार्फत त्यस क्षेत्रमा सम्भावना भएका कृषि, वनजन्य व्यवसाय, प्रांगारिक एवं उच्च मूल्यका कृषि उत्पादन र कृषि व्यवसायीकरणका लागि बैंकले सहज र सहुलियतपूर्ण कर्जा […]