संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नको लागि कार्य गर्न आग्रह गरेका छन्। गुटेरेसले सुरक्षा परिषद्का अध्यक्षलाई कारबाहीको माग गर्न पत्र लेखेका हुन्।२०१७ मा संयुक्त राष्ट्र महासचिव बनेदेखि पहिलो पटक संयुक्त राष्ट्र बडापत्रको धारा ९९ लाई देखाउँदै उनले सो पत्र लेखेका हुन्। धारा ९९ मा भनिएको छ, ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्नसक्ने कुनैपनि कुरा स्वीकार्य हुँदैन’प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी