पोखरामा मतान्तर बढाउँदै धनराज, पछिपछि कृष्ण

पोखरा, ३ जेठ । पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले १३९१ मतान्तरले अग्रता लिइरहेका छन् । आचार्यले पछिल्लो मतपरिणाम अनुसार ९१६५ प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णबहादुर थापाले ७७७४ मत ल्याएका छन् भने राप्रपाका शंकर खरालले १०६१ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । महानगरको उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाटले […]