चौथो सांग्रिला साइकल र्‍याली सम्पन्न

विश्व वातावरण दिवसको अवसरमा सांग्रिला विकास बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। वातावरण संरक्षण र साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार काठमाडौंमा आयोजित र्‍यालीमा करिब १,५०० जनाको सहभागिता रहेको बैंकले जनाएको छ। गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भएको र्‍याली नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, […]