दाङमा ट्याक्टरसँग अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट हेकुलीतर्फ जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो गएराति रोकिराखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टरसँग ठोक्किँदा दंगीशरण–४ बस्ने ५० वर्षीय दिपक बुढाथोकीको मृत्यु भएको हो ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालका अनुसार दुर्घटनामा अटो चालक दंगीशरण–३, हेकुली बस्ने २७ वर्षीय मनीष चौधरी घाइते भएका छन् ।प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।