रोपेको वर्ष दिनमै फल्यो स्याउ

व्यावसायिक स्याउखेती थालेका उत्तरी गोरखाका किसान एक वर्षमै स्याउ फलेपछि उत्साहित बनेका छन् । इटलीबाट ल्याएको उन्नत जातका स्याउका बिरुवा गतवर्ष मात्रै रोपिएको थियो । चुमनुब्री गाउँपालिका–४ प्रोकमा गतवर्ष किसानले समूह बनाएर ४ हजार ३ सय ७० बिरुवा रोपेका थिए ।

सम्बन्धित सामग्री

ताप्लेजुङको घुन्सा र फलेमा पहिलो पटक रोपेको स्याउ फल्न थाल्यो

ताप्लेजुङ – ताप्लेजुङको हिमाली गाउँ घुन्सा र फलेमा स्याउ फल्न थालेको छ । पहिलो पटक स्याउ रोपेको गाउँमा यस वर्षदेखि फल्न थालेको हो । तीन हजार चार सय मिटर उचाइमा रहेको घुन्सामा रोपेको स्याउ छ महिनामै फल्न थालेको फक्ताङलुङ गाउँपालिका ६ का वडाध्यक्ष पेमाटाँसी शेर्पाले बताउनुभयो । त्यहाँ परीक्षणका लागि २० वटा बिरुवा रोपिएका छन् । अब स्याउ खेती विस्तार गर्ने वडाध्यक्ष शेर्पाले बताउनुभयो । यस्तै फलेमा पनि स्याउ फल्न थालेकाे छ । दिगो पर्यावरणीय कृषिअन्तर्गत स्विट्जरल्यान्डकाे प्राविधिक सहयोग तथा पुतली सहयोग य...

रोपेको २ वर्षमै फल्यो हाइब्रिड स्याउ

धवलागिरी गाउँपालिका, १ मा पर्ने चुरेन र गुर्जा हिमालफेदीमा लुकेको वस्ती गुर्जामा रोपेको दुई वर्षमै हाइब्रिड स्याउ फल्न थालेको छ । विदेशबाट आयातित उच्च घनत्वमा आधारित हाइब्रिड स्याउ फलेको हो ।

साेलुखुम्बुकाे पत्तालेमा व्यावसायिक स्याउ खेती गर्दै युवा, मनग्य आम्दानी

सोलुखुम्बु - सोलुदूधकुण्ड नगरपालिका-८ पत्तालेका युवाहरुले स्याउ खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्। यस क्षेत्रका आठ जना युवाहरुले करिब दुई वर्षअघिदेखि सामूहिक रुपमा सुरु गरेको व्यावसायिक स्याउ खेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका हुन् । आफूहरुले कृषि एग्रो टुरिजम डेभलपमेन्ट फर्म मार्फत् १ सय ८६ रोपनी जग्गामा १८ हजार स्याउको बिरुवा रोपेको फर्म सञ्चालक कर्म शेर्पाले बताउनुभयो । इटलियन जातको स्याउबाट यस आर्थिक वर्षमा ५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएकाे सञ्चालक शेर्पाको भनाइ छ। पहिलो पटक...

रोपेको एक वर्षमै स्याउ फल्न थालेपछि किसान दंग

गलकोट– बागलुङको निसीखोला गाउँपालिका-५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाएका थिए ।  उनले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाएका स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी र माओवादी द्वन्द्वका कारण जुमबहादुरको परिवार बुटवलमा सर्‍यो । दश वर्षअघि उनले लगाएका स्याउका बिरुवा मासिए, […]

काँडामा रोपेको दुई वर्षमै फल्यो स्याउ

खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका बीरबहादुर रावलले रोपेको दुई वर्षमै स्याउ फल्न सुरु भएको छ । २०७७ सालको फागुन महिनामा इटालीबाट ल्याएको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्षमै फल्न सुरु गरेको हो ।

बगैँचामा स्याउ फुलेर मनाङ सेताम्मे

हिमाली जिल्ला मनाङको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो ।मनाङ स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचाहरुमा फूल फुलेर अहिले सेताम्य भएको छ । चैत वैशाखमा स्याउ फुल्ने र असोज कात्तिकमा पाक्ने गर्छ । इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर यहाँ रोपेको हो । स्याउका बिरुवा ल्याएर रोपेपछि सुरु भएको स्याउ खेती आजसम्म जिल्लाभरि फैलिएको छ । यहाँ चार स्थानीय तहमध्ये

स्याउ र ओखरका विरुवा लगाउँदै नेपाली सेना

जुम्ला : नेपाली सेनाले जुम्लामा स्याउ र ओखरका विरुवा रोप्न थालेको छ। नेपाली सेनाको नम्बर २४ बाहिनी अड्डा र नन्दबक्स गण जुम्लाले आफ्नो परिसरमा ५०० स्याउ  र १०० ओखरका विरुवा रोपेको हो।नेपाली सेनाको नन्दबक्स गणमा ३०० र नम्बर २४ बाहिनी अड्डा २०० स्याउका विरुवा रोपिएको बाहिनीपति रामचन्द्र केसीले जानकारी दिए। नेपाली सेनालाई अब कृषितर्फ अग्रसर गर्न थालिएको उनको भनाइ छ। जसका लागि विभिन्न दिवस तथा पर्वहरूमा स्याउ र ओखरका विरुवा रोप्ने गरिएको केसीले बताए।गणपति रविन थापा नेपाली सेनाले नम्बर २४ नम्बर ब

जुम्लामा नेपाली सेनाले स्याउ र ओखर रोपेर मनायो सैनिक दिवस

जुम्ला– जुम्लामा नेपाली सेनाले स्याउ र ओखरका बिरुवा रोप्न थालेको छ । महाशिवराति अर्थात सैनिक दिवसको अवसरमा मंगलबार नेपाली सेना नं २४ बाहिनी अड्डा र नन्दबक्स गण जुम्लाले आफ्नो परिसरमा ५०० स्याउ र १०० ओखरका बिरुवा रोपेको हो । नेपाली सेनाको नन्दबक्स गणमा ३०० बिरुवा स्याउ रोपिएको छ भने नं २४ बाहिनी अड्डा २०० स्याउ […]

स्याउ ढुवानी हेलिकोप्टरमा

उत्तरी गोरखामा उत्पादित स्याउ बिक्रीका लागि हेलिकोप्टरमार्फत बजार पुर्‍याइएको छ । गत वर्षबाट चुमनुब्री गाउँपालिका–४ प्रोकस्थित पोरमा व्यावसायिक स्याउ खेती सुरु गरिएको थियो । बिरुवा रोपेको एक वर्षमै स्याउ उत्पादन भएपछि स्थानीय उत्साहित छन् ।

बाजुरामा रोपेको दुइ महिनामै स्याउ फल्न सुरु,कृषक खुशी

बाजुराको गौमुल गाउँपालिकामा गत फागुनमा लगाएको नयाँ जातको स्याउ रोपेको दुइ महिनामै फलेपछि स्थानीमा निकै खुशी छाएको छ । गाँउपालिकाले त्यहाँका स्थानीयहरुको आयआर्जनमा वृद्धि विकास गर्नका लागि सधै बाँझो रहँदै आएको जमिनमा नयाँ प्रविधिको स्याउ खेती सुरु गर्दै आएको छ । गाउँपालिको कृषि विकास शाखाको प्राविधिक तथा कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक सहगोगमा २०७७ को फागुनमा रोपेको स्याउ २०७८ को वैशाखमै फल्नथालेपछि स्थानीयको मुहारमा खुशी छाएको हो । परीक्षणको रुपमा नयाँ प्रविधिको फुजी, गाला र गोल्डेन जातको स्याउ लगाएको एक वर्ष भित्रै त्यसले राम्रो नतिजा दिएपछि पुःन स्याउ खेती गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ । यो वर्षमा पनि फागुनमा गौमुल १, ३, र ४ वडाको बाँझो रहँदै आएको जमिनमा एक हजार ६ सय गोल्डेन जातको स्याउ रोप्नको गौमुल गाउँपालिकाको कृषि शाखा प्रमुख दिपेन्द्र सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो् , कृषि ज्ञान केन्द्र बाजुराबाट एक हजार र गाउँपालिकाबाट ६ सय गरी यो वर्षमा एक हजार ६ सय बोट लगाएको थियो ।