डोटीमा पहिलो पटक क्युआर कोडबाट रकम भुक्तानी सेवा

राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जिल्लामा पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी गर्न सुरु गरेको छ । बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलोपटक उक्त सेवाबाट भुक्तानी दिन सुरु गरेको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाका प्रबन्धक गणेशबहादुर विष्टले बताए । उनले भने, “ग्राहकको सहजताका लागि हामीले आजदेखि पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी दिने व्यवस्था मिलाएका छौँ, जसले गर्दा ग्राहकलाइ सहज हुनेछ ।” उनका अनुसार मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरेपछि चाहेको जति रकम झि...