सिन्धुपाल्चोक २ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै छ। उनले १५७७४ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार शेरबहादुर तामाङले ९३७८ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले १००६ मत प्राप्त गरेकी छन्।