निलम्बित गभर्नर अधिकारीको रिट न्यायाधीश फुयालको इजलासमा

काठमाडौँ- सरकारले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गरिएको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा परेको हो । विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेजीको मागसहित […]

सम्बन्धित सामग्री

गभर्नर महाप्रसाद अधिकारीको रिटमा मंगलवार छलफल हुँदै

वैशाख १३, काठमाडौं। नेपाल राष्ट्र बैंकका  गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा मंगलवार छलफल हुँदैछ ।  सर्वोच्च अदालतको एकल इजलासबाट अल्पकालिन अन्तरिम आदेशमार्फत पुनर्स्थापित भएका गभर्नर अधिकारीको रिट न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा पुगेको छ। दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनेरनदिने निर्णय गर्नेछ । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिए अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर नैतिक संकटमा पर्नेछन् भने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश भएमा गभर्नर अधिकारी घर जानुपर्नेछ । अघिल्लो पटक हरिप्रसाद फुँयालको एकल इजलासले गभर्नर अधिकारीलाई अल्पकालिन अन्तरिम आदेश दिंदै दुबै पक्षलाई वैशाख १३ गते मंगलवार बोलाउने निर्णय गरेको थियो। साथै सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै अन्तरिम आदेश जारी गर्ने/ नगर्ने विषयमा छलफल गर्न पेशी तोकेको थियो । गत चैत २५ गतेबाट निलम्बित भएका गभर्नर अधिकारी ११ दिनपछि राष्ट्र बैंकमा अदालतको फैसलापछि हाजिर भएका थिए।

निलम्बित गभर्नर अधिकारीको रिट न्यायाधीश फुयालको इजलासमा

निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दिएको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने भएको छ । पदमुक्त गर्ने प्रयोजनले आफूविरुद्ध जाँचबुझ समिति बनाएको भन्दै अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएका थिए । अधिकारीको उक्त रिटमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुन लागेको हो ।