अध्यादेशमा समान धारणा बनाइने

सत्ता गठबन्धनभित्र संघीय संसद्को नवौं अधिवेशनमा पेस हुने अध्यादेशमा भने समान धारणा बनाउने सहमति भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार संसद् बैठक सुरु हुनुअघि बसेको गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको संयुक्त बैठकले अध्यादेशमा समान धारणा बनाउने सहमति गरेका हुन् । गठबन्धनमा भएको सहमतिअनुसार नै सरकारले बुधबारको संसद् बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश भने पेस गरेको छ । गठबन्धनको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रीहरूसँग संसद्मा पेस हुने विषय र अन्य विषयबारे जानकारी माग...