काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। आजका लागि प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो।प्रतिनिधिसभाको बुधबारको समितिमा एमसिसी टेबल गर्ने तयारीमा सरकार रहेको छ। तर, गठबन्धनमै रहेका दलहरूको सहमति बन्न सकेको छैन। बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। बैठक संघीय संसद् भवनको शंकर हलमा बसिरहेको छ।&n