नेता खनाल र विप्लवबीच भेट

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपाका महासचिव विप्लवबीच भेट भएको छ । आज नेता खनालको निवास पुगेर नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूले भेट गरेका हुन् । भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । विप्लव समूहले आजै नेकपा एमालेका नेता डा. भीम रावलसँग पनि भेट गरेका थिए ।

सम्बन्धित सामग्री

यथास्थितिमा सरकारमा जानुको औचित्य छैनः रास्वपा नेता खनाल (भिडियोसहित)

काठमाडौं, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता एवं पूर्व शिक्षामन्त्री शिशिर खनालले आफूहरुको माग सम्बोधन नभए सरकारमा जानुको कुनै औचित्य नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारमा जाने औपचारिक निर्णय नभइसकेको भएपनि सरकारमा न्यूनतम साझा कार्यक्रममा आफ्नो माग […]

प्रतिनिधिसभा बैठकमा नेता खनाल

काठमाडौँ,४ जेठ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बजेट निर्माणसम्बन्धी आफ्नो धारणा राख्दै नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनाल । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

भ्रमको तुवाँलो हटाउन समाजवादी प्रेसले भूमिका खेल्नुपर्छः नेता खनाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले जनता र राष्ट्रका विरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको खण्डन गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । राजधानीमा सुरु भएको समाजवादी प्रेस सङ्गठनको पहिलो विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले भ्रमपूर्ण सूचनाको खण्डन गरी भ्रमको तुवाँलो हटाउन भूमिका खेल्न आग्रह गरे । “प्रेसले दक्षिणपन्थी अवसरवादको खण्डन […]

अब जबज मार्गदर्शक सिद्धान्त बन्न सक्दैन: वरिष्ठ नेता खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोल्न परेको बताएका छन् । शनिबारबाट सुरु भएको सो पार्टीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमालेको नेतृत्व दक्षिणपन्थी गुटले कब्जा गरेको, गुटवादी क्रियाकलाप सञ्चालन गरेको र पार्टीमा वैचारिक सैद्धान्तिक विचलन भएकाले आफूहरूले विद्रोह […] The post अब जबज मार्गदर्शक सिद्धान्त बन्न सक्दैन: वरिष्ठ नेता खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेता खनाल भोलि स्वदेश फर्कने

काठमाडौं, १३ भदौ। बरिष्ठ नेता झलनाथ खनाल भोलि (सोमबार) स्वदेश फर्किने भएका छन् । नेता खनाल गत २ असारमा उपचारका लागि भारतको नयाँदिल्लीस्थित रहेको अपोलो अस्पतालमा भर्ना भएका थिए । उनी करिब दुई महिनाको उपचारपछि फर्कन लागेका हुन् । नेता खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी स्वदेश फर्कन लागेको जनाइएको छ । नेता खनालको […]

उपचारका लागि नेता खनाल भारततर्फ : पार्टी महासचिवद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताउनुभयो । यसैबीच एमालेका... The post उपचारका लागि नेता खनाल भारततर्फ : पार्टी महासचिवद्वारा स्वास्थ्यलाभको कामना appeared first on Purbeli News.

बरिष्ठ नेता खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं, ३१ जेठ । नेकपा एकालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । खनालको सचिवालयका अनुसार उनलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएपछि खनाललाई आज बिहान अस्पताल लगिएको हो ।

कोरोनामुक्त भएर नेता खनाल घर फिर्ता

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल निको भई घर फिर्ता हुनुभएको छ । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएका नेता खनाल स्वस्थ भई मंगलबार डिस्चार्ज हुनुभएको हो । उहाँ यही वैशाख २६ गते कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको थियो । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको …

नेता खनाल संक्रमणमुक्त

काठमाडौं। नेकपा (एमाले)का नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन्। आज गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। केही हप्ताअघि नर्भिक इन्टरनेसनल हस्पिटलमा गरिएको परीक्षणका क्रममा उनमा संक्रमण देखिएको थियो। संक्रमणमुक्त भएसँगै खनालले सामाजिक सञ्जालमार्फत अब आफू नियमित कामकाजमा फर्कने बताएका छन्।