मुलुकमा धान उत्पादन घटे पनि धनुषामा भने वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा देशभर ५१ लाख ३० हजार टन धान उत्पादन भएको छ । गत वर्ष ५६ लाख २१ हजार टन धान उत्पादन भएको थियो ।कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा ५९ हजार हेक्टरमा धान खेती गरिएकोमा १ लाख ८८ हजार ८ सय टन धान उत्पादन भएको छ । जुन गत वर्ष भन्दा ११ हजार ४ सय ७० टन बढी धान उत्पादन भएको हो ।गत आव ०७७/०७८मा ५९ हजार हेक्टरमा १ लाख ७७ हजार ३ सय ३० टन धान उत्पा