पत्ता लागेन मन्दिरको मुकुट चोर

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा भएको चोरीमा संलग्नको अझै पहिचान हुन सकेको छैन। मन्दिरबाट चाँदीको मुकुट, मालालगायत एक सय तोला चाँदीका गहना चोरी भएको थियो। गत वैशाख ३० गते राति मन्दिरमा चोरी भएको थियो। चोरीमा संलग्न व्यक्ति सिसी क्यामरामा कैद भए पनि पक्राउ गर्न सकिएको छैन।