टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि २५ करोड विनियोजन

दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि २५ करोड रुपैयाँ विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि २५ करोड समावेश भएको हो ।