‘मानव तस्करी सम्बोधन गर्न मुलुकमा कानुन नै छैन’

मानव बेचबिखन र मानव तस्करी दुई फरक विषय हुन् । नेपालको विद्यमान कानुनले कुनै व्यक्तिलाई किन्ने वा बेच्ने, कुनै व्यक्तिको कानुन विपरीत मानव अंग झिक्ने र बेच्ने कार्य वा वेश्यावृत्तिमा लगाउने र वेश्यागमन गर्ने कुरालाई …

सम्बन्धित सामग्री

रिजालका कानुन व्यवसायीको तर्क- ‘मानव तस्करलाई असहयोग गर्दा फसाइयो’

पाटन उच्च अदालतमा जारी नक्कली भुटानी शरणार्थी मुद्दाको बहसमा शुक्रबार भुटानी शरणार्थी नेता टेकनाथ रिजालको पक्षका कानुन व्यवसायीले मानव तस्करीमा ‘असहयोग’ गरेका कारण रिजाललाई फसाइएको तर्क गरेका छन् । नक्कली शरणार्थीका नाममा भइरहेको मानव तस्करी तहको किर्तेबारे अवगत गराउने नेतालाई नै ‘असहयोगी’ व्यवहार गरिएको उनका कानुन व्यवसायीको भनाइ थियो ।

सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण कार्यान्वयन किन कमजोर

सहकारी विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ को व्यवस्थाअनुसार सहकारी विभागले २०७४ मा सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन जारी गरे पनि सहकारी क्षेत्रमा यसको कार्यान्वयनको अवस्था कमजोर छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अध्ययनले समेत नेपालमा भष्टाचार, कर छली, मानव तस्करी र बैंकिङ अपराधबाट अवैध आर्जन गर्ने र उक्त पैसा लुकाउन सहकारीलाई प्रयोग गर्ने गरेको भेटिएको छ । सहकारी क्षेत्र सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा परेसँगै यससम्बन्धी निर्देशन कार्यान्वयनमा नियामक निकाय सक्रिय भएका छन् । नियामक निकाय विभागले कानुन कार्यान्वयनका लागि तालिम, अन्तक्रिया, गोष्ठीलगायतका कार्यक्रमका साथै अनुगमनमा गलत गर्ने संस्थाहरूलाई कारबाहीसमेत गर्न थालेको छ । सहकारीमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आगामी योजनाबारे सरोकारवालाको विचार :

वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढ्दै

पछिल्लो समयमा वैदेशिक रोजगारीका नाममा हुुने मानव तस्करीका घटना बढ्दै गएका छन् तर यससम्बन्धी कानुन नहुँदा यस्ता तस्करलाई कानुनको दायरामा ल्याउन सकिएको छैन । नेपालबाट युरोप, अमेरिकामा मानव तस्करीका घटना बढ्दै गए पनि कानुन नबन्दा यस्तो धन्दा चलाउनेलाई कारबाहीको दायरामा ल्याउन नसकिएको हो ।