एनआरएनएद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । जनवरी २५ बिहिबार धनगढीमा आयोजित एक कार्यक्रममा एनआरएनए अध्यक्ष डा. बद्री केसीले अस्पतालका अध्यक्ष नरबहादुर शाहलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो । प्लान्टको उद्दघाटन गर्दै शुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले अक्सिजन प्लान्ट स्थापना गरेर …