साउन र भदौमा राजस्व संकलन उत्साहजनक

आर्थिक विधेयक प्रमाणीकरण हुन बाँकी रहेका कारण अझै बजेट रिक्तताको अवस्था रहे पनि साउन र भदौमा राजस्व संकलन अवस्था भने उत्साहजनक भएको छ । आर्थिक अध्यादेश निष्कृय भएपछि सामयिक कर असुली ऐन २०१२, अनुसार सरकारले नौ दिनमा १६ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ बराबरको राजस्व असुली गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।भदौ ३० […]

सम्बन्धित सामग्री

वीरगन्ज भन्सारको राजस्व संकलन सुधारोन्मुख

वीरगन्ज । मुख्य भन्सार नाका वीरगन्ज भन्सार कार्यालयमा राजस्व संकलनमा सुधार आएको छ । चालू आर्थिक वर्षको चार महिनामा राजस्व संकलन ७० प्रतिशत भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको साउन महिनामा वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन लक्ष्य १५ अर्ब ६२ करोड रहेकोमा ११ अर्ब ८६ करोड राजस्व संकलन भएको छ । […]

कुश्मामा राजस्व संकलन ठप्प

पर्वत– जनप्रतिनिधिबीचको विवादका कारण नगरसभा हुन नसक्दा कुश्मा नगरपालिकामा राजस्व संकलन ठप्प बनेको छ । नगरपालिकामा यही साउन १ गतेदेखि नै राजस्व संकलन रोकिएको हो । नगरसभाले आगामी आर्थिक वर्षका लागि राजस्वको दररेट निर्धारण गरी पारित गर्नुपर्ने भए पनि नगरसभा नै हुन नसकेपछि यही साउन १ गतेदेखि नै कुनै पनि कर संकलन नभएको प्रमुख प्रशासकीय […]

मनाङमा जडीबुटी बिक्रीबाट २६ लाख राजस्व संकलन

२ साउन,काठमाडौं । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७९/८० मा जङ्गली जडीबुटी बिक्रीबाट रु २६ लाख ४४ हजार दुई सय २९ राजस्व संकलन भएको छ । जिल्लामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र परिसरमा पाइने यार्सागुम्बा, वन लसुन, जिम्बु, टिमुर, निगालो जस्ता जङ्गली जडीबुटी बिक्रीबाट उक्त राजस्व सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङले जनाएको छ […]

डडेल्धुरामा ६ महिनामा १६ लाख राजस्व संकलन

डडेल्धुरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले ६ महिनामा करिब १६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्ममा १६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय स्याउले डडेल्धुराले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले आर्थिक वर्ष २०७९/८० को ६ महिनामा विभिन्न समयमा […]

वीरगञ्जकाे भन्सार राजस्व संकलन निरन्तर रूपमा घट्दै

काठमाडौं । प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व संकलन पछिल्लो ४ महिना यता घट्दै गएको छ । चालू आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले गत कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व संकलन गरेको छ । गत साउनमा १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकोमा कार्यालयले १२ अर्ब ९८ […]

एघार महिनामा साढे ३७ अर्ब राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनादेखि नै लक्ष अनुसार राजस्व संकलन गर्न सकिरहेको थिएन। पछिल्ला महिनाहरूमा भने आयातमा कडाइ गर्ने सरकारी नीतिले समेत राजस्व असुली थप प्रभावित बनाएको छ।...

स्याङ्जामा ४८ करोड राजस्व संकलन

स्याङ्जा-संघीय र गण्डकी प्रदेश सरकारका लागि स्याङ्जाबाट ४८ करोड राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८÷०७९ सुरु भएको १ सय १५ दिनमा सो राजस्व संकलन भएको हो ।कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार साउन १ गतेदेखि कात्तिक २३ गतेसम्म स्याङ्जामा ४७ करोड ९२ लाख ३८ हजार ८ सय १ रुपैयाँ राजस्व […]

भन्सार कार्यालय विराटनगरद्वारा ४० अर्ब राजस्व संकलन

विराटनगर (अस) । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कुल रू. ४० अर्ब ८ करोड १९ लाख १३ हजार राजस्व संकलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ । सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा रू. १२ अर्ब ४५ करोड ५५ लाख ८४ हजार बढी राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख शिव भण्डारीले बताए । उनका अनुसार अघिल्लो आवमा कुल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजस्व संकलन भएको थियो । कार्यालयले चालू आर्थिक वर्षको दुई महीना साउन र भदौमा कुल ७ अर्ब २१ करोड ९४ लाख ११ हजार राजस्व संकलन गरेको छ । सो राजस्व साउन महीनामा रू. ३ अर्ब ३४ करोड ९६ लाख ९८ र भदौमा रू. ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार संकलन भएको हो । यी दुई महीनामा कार्यालयले साउनमा ११५ दशमलव ८२ प्रतिशत र भदौमा १०० दशमलव १३ प्रतिशत प्रगति गरेको भन्सार अधिकृत प्रकाश भट्टराईले जानकारी दिए । गएको अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापारिक कारोबार ठप्प हुनु, आयात निर्यात नहुनुले पनि गत आवमा लक्ष्य अनुसारको राजस्व संकलन नभएको भन्सार प्रमुख भण्डारीले बताए । रासस

कार्यालय खुलेको वर्षदिन नपुग्दै १७ करोड बढी राजस्व संकलन

भोजपुर : भोजपुरमा कार्यालय स्थापना भएको वर्षदिन नपुग्दै १७ करोड बढी राजस्व संकलन भएको छ। स्थानीयको लामो समयदेखि धरान, धनकुटा पुगेर कर तिनुपर्ने बाध्यता अन्त्य भएपछि करको दायरामा आउनेको संख्या बढेको हो।अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा रु.१४ करोड १३ लाख ६६ हजार राजस्व संकलन भइसकेको र कर तिर्न आउनेको संख्या जारी रहेकोले यो रकम अझ बढ्ने कर अधिकृत रुपक न्यौपानेले जानकारी दिए। यो आर्थिक वर्षका साउन महिनामा मात्र तीन करोड बढी राजस्व संकलन भएको कार्यालयको भनाइ छ।अधिकृति न्यौपानेले भने, ‘कार्यालय स्थ

गुल्मीमा २१ करोड बढी राजस्व संकलन

११ साउन, गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०७७ र ०७८ मा २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ । जसअनुसार आय कर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, भ्याट कर १० करोड ४८ लाख र अन्तः शुल्क कर ७१ लाख […]