काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताएका छन्। बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले अहिलेको गठबन्धनले बनाए पनि आफू प्रतिपक्षमा बसेर जनताका काम गर्न तयार रहेको बताए। उनले पार्टीले सोचेजस्तो सिट अझै ल्याउन नसकेको पनि बताए। […]