काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ४१औँ त्रैवार्षिक महासभामा सम्बाेधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ ।
क्यानडाको मड्रियल सहरमा भइरहेकाे महासभामा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताउनुभयो ।
आईकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेको बताउँ...