चुरे-मधेसबीच नङ र मासुजस्तै सम्बन्ध : मन्त्री यादव

वन तथा वातावरण मन्त्री प्रदीप यादवले चुरे र मधेसबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुरेको विनाश रोक्न आवश्यक रहेको बताए ।मन्त्री यादवले वन मन्त्रालयले मात्र चुरेको विनाश रोक्न सम्भव नरहेको पनि प्रस्ट पारे । ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयले पनि चुरे विनाश रोक्न उत्तिकै पहल गर्नुपर्ने उनको भनाइ छ । गिट्टी, बालुवा उत्खननका लागि निश्चित ठाउँ तोकेर पनि चुरे विनाशलाई रोक्न