न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको पारिश्रमिक साउनदेखि बढाइने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै समितिकी अध्यक्ष खड्काले समय सापेक्षतामा श्रमजीवी पत्रकारको पारिश्रमिक बढाइने उल्लेख गरेकी छन् । ‘पत्रकारको पारिश्रमिक साउनदेखि अवश्य बढ्नेछ । यसअघिकै समितिले सिफारिस गरेको थियो, म त्यहाँ पुगेपछि अझ समय सापेक्ष बनाएर अघिल्लो समितिले सिफारिस गरेको भन्दा अझ थपेर लागू गर्नुपर्छ भनेर केही समय विज्ञहरुसँगको परामर्श पछि समय अनुकूल नै बढ्नेछ&rsquo