पहिलो त्रैमाससम्ममा साना किसान विकास लघुवित्तको खुद नाफा साढे १६ करोड

कात्तिक २६, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १६ करोड ५४ लाखभन बढी खुद नाफा गरेको छ ।  शुक्रवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत  वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १८ दशमलव १२ प्रतिशत बढी भएको हो । यस वर्ष रू. ५ करोड ५१ लाख ९८ हजार खराब कर्जा संकलन गरेको कम्पनीको खुद ब्याज आम्दानी करिब १२ प्रतिशत बढी रू. २९ करोड ९२ लाख भएको छ । खुद ब्याज आम्दानी बढेसँगै कम्पनीको सञ्चालक नाफा पनि यो वर्ष साढे १४ प्रतिशतले वृद्धि भएर रू. २० करोड ७३ लाख ५३ हजार पुगेको छ । सम्भावित जोखिम शिर्षकमा गत वर्ष रू. ५ करोडभन्दा बढी रकम छुट्याएको कम्पनीले यस वर्ष रू. ६ करोडभन्दा बढी छुट्याएको छ । खराब कर्जा संकलन गत वर्ष रू. ३ करोड ९० लाख थियो । यस वर्ष यो रकम बढेसँगै कम्पनीको खुद नाफा बढ्न सहयोग मिलेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड १५ लाख ३० हजार छ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा १८ दशमलव ३५ प्रतिशत बढी रू. २ अर्ब ४९ करोड ५७ लाख कायम भएको छ । यस वर्ष गत वर्षभन्दा करीब १६ प्रतिशत बढी अर्थात् रू. २१ अर्ब ४० करोड ८६ लाख कर्जा सापटी लिएको कम्पनीले २९ प्रतिशत बढी  अर्थात् रू. २५ अर्ब ७ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९९ प्रतिशत रहेकोमा यस वर्ष शून्य दशमलव ६६ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ५२ दशमलव ८७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २९९ दशमलव ४२ छ ।   यो पनि हेर्नुस् : साना किसान विकास लघुवित्तद्वारा २० करोडभन्दा बढी खराब कर्जा संकलन ६ महीनामा साना किसान विकास लघुवित्तको नाफा ३१ करोड ७३ लाखभन्दा बढी साना किसान विकास लघुवित्तले गर्‍यो २६.३२ % लाभांश दिने प्रस्ताव

सम्बन्धित सामग्री

साना किसान विकास लघुवित्तको नाफा १६ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं ।  साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १६ दशमलव ७५ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. ६९ करोड ७३ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ८१ करोड ४१ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २३ दशलमव ९७ प्रतिशत र सञ्चालन नाफा १६ दशमलव ६४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै गत आवमा कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ७३ करोडभन्दा बढी छ । अघिल्लो आवमा भने कम्पनीको वितरणयोग्य नाफा रू. ८२ करोड ९१ लाख थियो ।  आरएमडिसी लघुवित्त र साना किसान लघुवित्त वित्तीय संस्था गाभिएपछि चुक्ता पूँजी रू. ३ अर्ब ३३ करोडभन्दा बढी पुगेको छ । गत आवमा कम्पनीले जगेडामा रू. ३ अर्ब ५१ करोड, रिटेन्ड अर्निङमा रू. १ अर्ब ७३ करोड र शेयर प्रिमियममा रू. १ करोड ८२ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४० दशमलव ६९, मूल्य आम्दानी अनुपात २२ दशमलव ०९ गुणा, तरलता अनुपात ९ दशमलव ०२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २५९ दशमलव ३९ छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्