माओवादीले बढायो दवाव, कर्णालीका कुनै पनि गतिविधिमा सहभागी नहुने निर्णय

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलले माग सम्बोधन नभए सदन र सरकारका कुनैपनि गतिविधिमा सहभागी नहुने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको दलको बैठकले सो निर्णय गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णा शाहले रातोपाटीलाई जानकारी दिइन् । माओवादीले मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली ठिक नभएको बताएको छ ।सत्ता साझेदार दल माओवादीलाई पूर्णरुपमा बे(वास्ता गरेको दलको निष्कर्ष छ,’ उनले भनिन्, ‘विगतमा पनि गठबन्धनको सरकार थियो । मुख्यमन्त्री ज्युले माओवादीलाई निस्तेज पार्न