मदिरा पिएर झगडा गरी भाग्ने क्रममा बिजुलीबजारमा टिपरको ठक्कर, युवकको मृत्यु

काठमाडौं । काठमाडौंको बिजुलीबजारमा टिपरको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ । भक्तपुरको व्यासीमा बस्दै आएका कालिकोटको पचालझरना गाउँपालिका-२ का २२ वर्षीय विपीन विकको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा राति नै मृत्यु भएको जनाइएको छ । विपीन बिजुलीबजारमा रहेको मायालु रोधीघरमा साथीहरूसँग...