रेशम चौधरीको समर्थन महन्थलाई

निलम्बित सांसद रेशम चौधरीले महन्थ ठाकुरले दर्ता गर्न लागेको नयाँ पार्टीलाई समर्थन गरेका छन्। डिल्लीबजार कारागारमा रहेका चौधरीले मञ्जुरीनामामार्फत् नयाँ पार्टीमा आफू कार्यकारिणी सदस्यको रुपमा रहने गरी समर्थन जनाएका हुन्। उनले...

सम्बन्धित सामग्री

‘माघ महिनामा रेशम चौधरीलाई उपहार दिन्छु भनेकै हो केपी कमरेडले’

काठमाडौं, २६ माघ । नागरिक उन्मुक्ति पार्टीका नेता हिमाञ्चलराज भट्टराईले रेशम चौधरीको रिहाइको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम सरकारलाई समर्थन दिन नसक्ने स्पष्ट पारेका छन् । ‘अहिले हाम्रो पार्टीको एक मात्र माग र मुद्दा राजबन्दी रिहाइ हो । कि रेशम चौधरी छुट्नुपर्‍यो कि छुट्नुहुन्छ भन्नेमा विश्वस्त बनाउनुपर्‍यो । प्रक्रियामा गएको भए त्यो पनि क्रंकिटमा […]

चौधरी थुनामुक्त नभएसम्म सरकारलाई नाउपाले समर्थन नगर्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले थुनामा रहेका रेशम चौधरी र अरूण चौधरीलाई रिहाइ गर्ने ग्यारेन्टी नभएसम्म सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने भएको छ । मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा सुदूरपश्चिम सरकारलाई समर्थन दिने विषयमा छलफल भएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले बताएका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले सरकारको थुनामा […]

रेशम रिहाइको मुद्दाले सुदूरपश्चिम सरकारमाथि दबाव बढाउँदै नागरिक उन्मुक्ति पार्टी

९ माघ, धनगढी । रेशम चौधरी रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमाथि दबाव बढाउन थालेको छ । कुनै पद नलिएर मुख्यमन्त्री, सभामुख र उपसभामुखमा एमाले र नेकपा माओवादीलाई समर्थन जनाएको नाउपाले चौधरी रिहाइको विषयलाई प्रदेश सरकार र गठबन्धनको शीर्ष नेतृत्वमाथि दबाव बढाउदै लगेको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका […]

सुदूरपश्चिम सरकारलाई समर्थन गर्न नागरिक उन्मुक्तिद्वारा लिखित सहमति माग

धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा समर्थनका लागि नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी सहितका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने लिखित सहमति माग गरेको छ । सत्ता साझेदार दल माओवादी र एमालेका अध्यक्ष सामु रेशम चौधरीलगायत टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेता कार्यकर्ता रिहाई गर्ने लिखित प्रतिबद्धता मागेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । ‘सुदूरपश्चिम प्रदेश सरकार […]

रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

काठमाडौं– प्रचण्ड नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने भएको छ । जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।  यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ । रेशम चौधरीको रिहाइको पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनले आफूले […]

नागरिक उन्मुक्ति पार्टी सरकारमा नगई समर्थन मात्र गर्ने

धनगढी : रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा नजाने निर्णय गरेको छ। सोमबार पार्टीले संघ र प्रदेशमा बाहिर बसेर सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता दामोदर पण्डितले संस्थापक चौधरीसँग डिल्लीबजारमा भएको छलफलपछि सरकारमा नजाने तर समर्थन गर्ने निर्णय भएको जानकारी दिए।आज रेशमले सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई कारागारमै बोलाएका थिए। आइतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात द

सुदूरपश्चिममा पनि सरकार बनाउन एमाले नेतृत्वको गठबन्धनलाई बहुमत

१० पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि नेकपा एमाले नेतृत्वको गठबन्धनलाई बहुमत पुग्ने भएको छ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धनमा मिसिएपछि यहाँ पनि १९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने अवस्था सिर्जना भएको हो । सरकार बनाउन २७ जनाको समर्थन चाहिनेमा नेकपा माओवादी […]

जसपाको कार्यकारिणी समितिः यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६, तटस्थमा १ जना

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समितिमा अध्यक्षहरु महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्ष बढी बलियो देखिएको छ। सोमबार निर्वाचन आयोगमा पार्टी विवादबारे सनाखतका लागि उपस्थित भएका ५१ कार्यकारिणी सदस्यमध्ये यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६जनाले समर्थन जनाएको आयोग स्रोतले जनाएको छ। कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन्। मत विभाजनबारे आयोगले भने आधिकारिक रुपमा केही खुलाएको छैन।