बैतडीमा कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं । बैतडी जिल्लामा कोरोनाका संक्रमितको संख्या शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उहाँले बताउनुभयो । संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नु पर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् […]