भक्तपुरमा दलहरू घरदैलो अभियानमा

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरका राजनीतिक दल तथा उम्मेदवारले घरदैलो कार्यक्रम सुरु गरेका छन् । निर्वाचन आचारसंहिताले प्रचारप्रसारका लागि घरदैलो गर्न पाउने छुट दिएपछि भक्तपुरका प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरूले आजदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।निर्वाचन आचारसंहिताले कात्तिक १८ गतेदेखि घरदैलोमार्फत निर्वाचनको प्रचारप्रसार गरी मत माग्न पाउने व्यवस्था गरेको छ । सोहीअनुसार भक्तपुरका सत्ता गठबन्धन, नेकपा (एमाले) र नेमकिपालगायत दलले घरदै