लुम्बिनीको विशेष अधिवेशन वैशाख १९ गते आह्वान

बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते डाकिएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् । १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

वैशाख २७ मा संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते प्रतिनिधिसभा बैठक आह्वान गरेकी छन् । आइतबार सरकारले संसद् अधिवेशन आह्वानको सिफारिस गरेलगत्तै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार वैशाख २७ गते सोमबारका दिन दिउँसो १ बजे बैठक आह्वान गरिएको हो । सोही दिन प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने बताइएको छ ।

राष्ट्रपतिद्वारा वैशाख २७ गते संसद अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन्।आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएका थिए। त्यसपछि प्रधानमन्त्री बैठकबीच राष्ट्रपति भण्डारीलाई भेट्न गएका थिए। आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिद्वारा वैशाख २७ गते सोमबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

वैशाख २७ मा प्रतिनिधिसभाको अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले  प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ मा  प्रतिनिधिसभाको  अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सो निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई  आजै सिफारिस भएको उनको भनाइ छ । यसअघि सरकारले बिजनेस नभएको भन्दै सभामुखसँग समेत परामर्श नगरी हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।(नोट : यसअघि संसदको बजेट अधिवेशन बोलाइएको भन्ने व्यहोरा पर्न गएको

वैशाख २७ गते संसद अधिवेशन, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

सरकारले आगामी वैशाख २७ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ।...

लुम्बिनी प्रदेशको विशेष अधिवेशन वैशाख १९ देखि

न्युज अफ नेपाल काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आगामी वैशाख १९ गते बोलाइएको छ । प्रदेशका सूचना अधिकारी दिनेश अधिकारीका अनुसार विपक्षी दलले दिएको समावेदनको आधारमा यही वैशाख १९ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गर्दै […]

लुम्बिनी: अविश्वास प्रस्तावमाथि छलफल गर्न वैशाख १९ गते विशेष अधिवेशन बोलाइयो

काठमाडौं। लुम्बिनीमा अविश्वास प्रस्तावमाथि छलफल गर्न वैशाख १९ गते संसदको विशेष अधिवेशन बोलाइएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध वैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। प्रस्तावमाथि छलफल गर्न अधिवेशन बोलाउन दलहरूको माग अनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको बैठक आह्वान गरेका हुन्। फ्लोर व्रmस नभए मुख्यमन्त्री पोखरेलसँग स्पष्ट बहुमत छ।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते आह्वान

काठमाडौँ। गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते सोमबारका लागि आह्वान गरेका छन्। प्रदेश सरकारको सिफारिसमा उनले वैशाख २ गते मध्यरातदेखि हिउँदे अधिवेशन अन्त्य गरेका थिए। अधिवेशन अन्त्य भएकै दिन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रूपमा विशेष अधिवेशनको माग गरेका थिए। सोही दिन मुख्य मन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता भएको थियो।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गतेका लागि आह्वान

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १३ गते आह्वान गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि यही बैशाख २ गते राती मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।त्यस लगत्तै काँग्रेस सहितका तीन दलका २८ जना सांसदले हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष विषेश अधिवेशनको माग गर्दै निवेदन पेश गरेका थिए ।   तीन दलको माग अ

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन वैशाख ३ गतेका लागि आह्वान

सुर्खेत – कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आउँदो वैशाख ३ गतेका लागि आह्वान गरिएको छ । यही आइतवार बसेको प्रदेशकाे मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख ३ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।  प्रदेशकाे मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि गरेको सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलाैनीले साताैँ हिउँदे अधिवेशन वैशाख ३ गते दिउँसो २ बजेका लागि आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिनुभयो । प्रदेश सभाको छैटाैँ तथा व...

कर्णाली प्रदेशसभा अधिवेशन वैशाख ३ गते बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारले प्रदेशसभा अधिवेशन वैशाख ३ गते दिउँसो २ बजे बोलाउन सिफारिस गरेको छ । आइतवारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता विमला केसीले अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय भएको सोमवार जानकारी दिइन् । प्रदेशसभा अधिवेशन मन्त्रिपरिषद्ले सिफारिसमा प्रदेश प्रमुखले बोलाउने व्यवस्था रहेको छ । मन्त्रिपरिषद् बैठकले कालिकोटको नरहरिनाथ गाउँपालिका वडाको संख्या बढाउने र सिमाना हेरफेर गर्ने निर्णय समेत गरेको उनले बताइन् ।