इलामको पर्यटकीय क्षेत्र अन्तुमा पर्यटकीय पूर्वाधार निर्माण

इलाम । आन्तरिक पर्यटनको गन्तव्य इलामको पर्यटकीय क्षेत्र अन्तुमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । चाडबाडका साथै पर्यटकीय सिजनमा ७ हजार बढी पर्यटक पुग्ने अन्तु क्षेत्रमा शौर्दयकरणसँगै पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो । चाडबाड भित्रिए संगै मौसम पनि खुलेको छ । घाम लागे संगै बर्खा भरि हिल्लामे सडकपनि यो सुख्खा बनेका छन् भने यो संगै […]

सम्बन्धित सामग्री

पर्यटन क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्ने योजनामा मधेश प्रदेश

चैत १३, पर्सा । पर्यटन क्षेत्रको विकासका लागि मधेश प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ ।  पर्यटन क्षेत्रको विकासका लागि यहाँको प्राकृतिक तथा धार्मिक क्षेत्रको पहिचान गरी त्यसको प्रवर्द्धनका लागि मधेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको हो । सोही नीतिअनुरुप तराई मधेशकै मिनी उपत्यकाको रुपमा चिनिएको पर्साको ठोरीलाई मधेस प्रदेश सरकारले ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ । ठोरीको पर्यटकीयस्थल राइधारामा शुक्रवार बेलुकी आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेका हुन् ।  त्यसअघि गत शुक्रवार साँझ ठोरी–२ स्थित ठोरी जंगल रिसोर्टमा बसेको मधेश प्रदेशको मन्त्रिपरिषद्को बैठकले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको थियो ।  पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वधार निर्माण गर्न सरकारले त्यहाँ रू. १० करोड बजेट खर्चिने निर्णय गरेको बताइएको छ । सो अवसरमा मुख्यमन्त्री राउतले ठोरी पर्यटकीय सम्भावना बोकेको मधेस प्रदेशकै एक महत्वपूर्ण स्थान रहेको भन्दै ठोरीलाई पर्यटकीय स्थलका रुपमा विकसित गरिने बताए । ‘हामीले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्‍यौं, यहा पर्यटकीय पूर्वाधार निर्माण र विकासका लागि तत्काल रू. १० करोड उपलब्ध गराउने निर्णय पनि गर्‍यौं’, उनले भने, ‘आवश्यकता अनुसार अरु थप सहयोग गर्न पनि सरकार प्रतिबद्ध छ ।’ त्यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिकास्थित दूधेश्वरनाथ महादेव मन्दिर भाठाधाम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र र ती क्षेत्रको विकासका लागि रू. पाँच करोड लगानी गर्ने प्रदेश सरकारले घोषणा गरेको छ ।  भाठामन्दिर क्षेत्रमा गत शनिवार आयोजना गरिएको कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले भाठालाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्दै चालू आवबाट नै रू. पाँच करोड पूर्वधार विकासमा लगानी गर्ने जानकारी दिए ।  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अलखदेवप्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री गद्दीले भाठा क्षेत्रमा आउने पर्यटक तथा श्रद्धालुको सुविधाका लागि सडक तथा स्वच्छ खानेपानीको व्यवस्था पनि प्रदेश सरकारले तत्काल गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस