‘कहिले राजा ढोलीठाना, कहिले राजा बेनी !’

म्याग्दी – बेनी नगरपालिका–९ घतानको ढोल्ठान गाउँमा एक ऐतिहासिक दरबार छ । समुन्द्री सतहदेखि १ हजार ९ सय मिटरको उचाइमा पर्ने त्यही ढोल्ठान दरबारले अहिले पर्यटकहरुलाई पर्खिरहेको छ । नेपालमा बाइसे–चौबीसे राज्य रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको राजधानी ढोल्ठानमा रहेको मानिन्छ ।स्थानीयका अनुसार अहिलेको बेनी नगरपालिका–५, पुलाचौरको गाजने गाउँभन्दा माथि डढेकोट भन्ने स्थानमा तत्कालीन पर्वत राज्यका राजा दिलिपबम मल्ल (डिम्ब)को दरबार थियो । त्यहाँ बज्रपात भएर दरबारमा भीषण आगलागी भएपछि राजा डिम्ब...

सम्बन्धित सामग्री

कहिल्यै पानी नसुक्ने चट्टानमाथिको वराह जलकुण्ड

कहीँकतैबाट पानीको स्रोत देखिँदन तर बाह्रै महिना पानी रहेको हुन्छ गलेश्वरस्थित वराह जलकुण्डमा । हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिर परिसरमा रहेको वराह जलकुण्डमा कहिल्यै पानी सुक्दैन । नौ रोपनी क्षेत्रफल रहेको एउटै ठुलो चट्टानमाथि रहेको कुण्डमा सधैँ पानी रहने र कहिल्यै नसुकेर सबैलाई चकित पार्ने गरेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष वमबहादुर पुन गलेश्वर मन्दिरमा पूजा अर्चना कहिले सुरु गरियो भन्ने तथ्य र मन्दिर छेउमा रहेको जलकुण्डमा पानीको स्रोत कतादेखि र कहिलेदेखि भन्ने पनि कसैलाई यकिन नभएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो ४० वर्षको अवधिमा मलाई याद भएसम्म यहाँको जल सुकेको भन्ने थाहा छैन ।”

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

बेनी- धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध संघर्षपूर्ण तवरले बिताएका उनी युवा अवस्थामा देश तथा विदेशमा समेत पुगे । विदेशको विकासको समेत अनुभूति सँगालेका उनले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोट...

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

बेनी- धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध संघर्षपूर्ण तवरले बिताएका उनी युवा अवस्थामा देश तथा विदेशमा समेत पुगे । विदेशको विकासको समेत अनुभूति सँगालेका उनले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोट...

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

बेनी, २२ वैशाख । धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताएका उनी युवावस्थामा देश तथा विदेशमा समेत पुगे । विदेशको विकासको समेत अनुभूति सँगालेका उनले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोटर चढेर सहर पुग्ने रहर जागेको बताए । […]

ट्र्याक खुलेको १२ वर्षमा पनि सञ्चालनमा आएन बेनी–भकुण्डे सडक

साउन १७, तनहुँ । बेनी नगर कार्यपालिकादेखि वडा नं २ भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्र्याक खुलेको १२ वर्ष बितिसक्दा अझै सञ्चालनमा आउन सकेको छैन । स्तरोन्नति हुन नसक्दा सो सडकखण्ड उपयोगविहीन बन्दै गएको हो । विसं २०६६ मा ट्र्याक खुलेको साढे ७ किमी दूरीको सो सडक खण्ड मर्मतका लागि अहिलेसम्म लाखौँ रुपैयाँ खर्च भइसकेको जानकारी दिइएको छ । सडकमा यातायातका साधन सञ्चालन हुन नसकेपछि मर्मतका नाममा खर्च भएको लाखौँ रकम बालुवामा पानी हाले जस्तै भएको स्थानीयवासीको गुनासोे छ । सो सडकको ट्र्याक खुलेदेखि अहिलेसम्म ट्र्याक्टर, साना जीप र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । साना सवारी साधन पनि वर्षका चार महीना मात्र मुस्किलले सञ्चालन हुने गरेका स्थानीयले बताएका छन् । सडकमा मोटरसाइकलसम्म गुड्ने बनाउनका लागि स्थानीय प्रतिभा युवा क्लबमा आबद्ध पदाधिकारी र स्थानीयवासीले श्रमदान गरेर ढुंगा, गेगर पन्छाउने गरे पनि पानी पर्दाबित्तिकै सडकको अवस्था कामै नलाग्ने हुने गरेको प्रतिभा युवा क्लब ज्यामरुककोटका सल्लाहकार याम कार्कीले जानकारी दिए ।  सडकखण्डको कन्थराजथान क्षेत्र र रोहोटे क्षेत्रमा पटकपटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेटसक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीय बासिन्दाको भनाइ छ । ‘नगरपालिकाको गेटदेखि वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दिगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्, खाली बजेट सक्ने काममात्र भयो, बाटोको स्थायित्व भएन’, स्थानीयवासी दिलबहादुर कार्कीले भने ।  उनका अनुसार बेनीदेखि भकुण्डेसम्म जानका लागि सल्लेनधारासम्म चार बाटा बनाइएको भए काम लाग्ने अवस्थामा छैनन् । बेनी–ठूलोगैरा–रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँदासमेत बाटो विग्रने गरेको छ । विसं २०६७ सालयता बेनी भकुण्डे सडकमा करीब ८० लाखको हाराहारीमा बजेट खर्च भइसकेको छ ।  बजेट त सकियो तर सडकको अवस्था भने ज्यूँकात्यूँ रहनुले स्थानीय सरोकारवालासँग यो सडकको अवस्था कहिले सुध्रन्छ भनेर प्रश्न गरिरहेका छन् । गत आर्थिक वर्षमा बेनी–वौर–ठूलोगैरा–खबरा (बिरायचौर)–भकुण्डे सडक उपभोक्ता समिति, बांगघरा–पीपलडाँडा–भीरकुना–भकुण्डे सडक उपभोक्ता समिति र ठूलोगैरा–खबरा–भकुण्डे सडक उपभोक्ता समितिको गरी कुल २६ लाख ५० हजार रुपैयाँ खर्च गरी मर्मत गरिएको बेनी–खबरा–भकुण्डे सडकमा पनि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सामान्य पानीपर्दा पनि सडक पानीले बगाउने गरेको छ । रासस

कहिले बन्छ बेगखोलामा पुल ?

बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–१ बेगखोलामा पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका छन् । लेखमा वर्षासँंगै आउने अपत्यारिलो तीव्र गतिको बाढीले बाटो अवरुद्ध बनाएर गन्तव्यमा हिँडेका पैदलयात्री र यातायात सेवालाई अलपत्र पार्दै आएको छ ।२०७३ सालमा आएको बाढीले बेगखाोलामा बस्तीसँंगै मोटरेबल पुल र झोलुंगे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा निरन्तर प्रमावित हुँदै आएको छ । […]