ताप्लेजुङ सदरमुकाममा आगलागीबाट एउटा घर जल्यो, आसपासका घरहरु जोखिममा

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा आज बिहान आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी सुरू भएको हो । आगलागीबाट एउटा घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागीबाट आसपासका घरहरु जोखिममा परेका छन् । आगो नियन्त्रण गर्न फुङलिङ नगरपालिकाको दमकल तथा स्थानीय र सुरक्षाकर्मी खटिएका छन् […]