युनिलिभरको नाफा ११०.३२ प्रतिशतले वृद्धि

युनिलिभर नेपालको नाफा ११०.३२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ११०.३२ प्रतिशतले बढेर २५ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १२ करोड १ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि १ अर्ब […]

सम्बन्धित सामग्री

युनिलिभर नेपालमा लगानी थप्न प्रतिबद्ध

काठमाडौं ।  युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक (एमडी) अम्लान मुखर्जीले नेपालमा थप लगानी बढाउन प्रतिबद्ध रहेको बताएका छन् । सरकारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ मा लिएका नीतिहरू सहजीकरण गर्ने खालका भएको र कम्पनीका उत्पादनहरूको उपभोग र माग पनि बढेको भन्दै उनले थप लगानीका लागि प्रतिबद्ध रहेको बताए ।  आर्थिक अभियानसँगको कुराकानीमा उनले भने, ‘सरकारले गर्नुपर्ने विषयहरू पनि छन् । जस्तै कच्चा पदार्थको स्थानीय उपलब्धताका साथै आयात गरिने तयारी वस्तुबीचको भन्सार दर, माउ कम्पनीबाट ल्याउन सक्ने सहयोगमा सुविधा, ग्रे मार्केटका कारण हुने समस्या समाधान सरकारबाट गरिनुपर्छ ।’ दक्षिण एशियाली देशहरू श्रीलंका, बंगलादेशलगायतमा भन्दा नेपालमा फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) को उपभोग निकै कम रहेको उनको भनाइ छ । उनले चालू आवको बजेटमा ट्रान्सफर प्राइसिङको विषय उठान भएकाले यसको कार्यान्वयनका लागि पनि जोड दिए । नेपालका उपभोक्ताको आवश्यकता र मागलाई बुझेर नै युनिलिभर ३० वर्षदेखि यहाँ रहेको भन्दै उनले थप लगानी विस्तार र नयाँ प्रडक्ट उत्पादन गरिने बताए । ‘अब कारखानामा अत्याधुनिक प्रविधि तथा मेशिन जडान गर्नेछौं,’ मुखर्जीले भने, ‘६ महीनाभित्रै नयाँ प्रडक्ट (अनियन स्याम्पु) लन्च गर्ने तयारीमा छौं ।’  उच्च प्रविधि, मेशिनहरूका साथै डिजिटलाइजेशनलाई पनि उत्तिकै महŒव दिइएको उनले बताए । उक्त अवसरमा अन्य देशले जस्तै नेपालले पनि आर्थिक संकट बेहोरेको तर त्यसको व्यवस्थापन राम्रोसँग गरिरहेको उनले बताए । अहिले उपभोक्ताको क्रयशक्ति घटेको भए पनि आउँदा चाडपर्वमा आर्थिक गतिविधि चलायमान हुने र बजार सहज हुने अपेक्षा उनको छ । ‘सरकारले खर्च बढाउनुपर्छ, बैंक तथा वित्तीय क्षेत्रले पनि सरकारलाई साथ दिनुपर्छ,’ मुखर्जीले भने, ‘अर्काेतर्फ सरकारले निजीक्षेत्रबाट आर्थिक गतिविधि सञ्चालन गर्नुपर्छ भने मेक इन नेपाल पनि सम्भव छ ।’ उनले सरकारले स्थानीय औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए । यसैगरी कम्पनीले आफ्ना उत्पादनको प्याकेजिङका लागि ७० प्रतिशत नेपाली उत्पादन नै उपयोग गरेको उनले जानकारी दिए । यसैगरी १० मध्ये ८ घरपरिवारले युनिलिभरका उत्पादन दैनिक प्रयोग गर्ने उनको दाबी छ । सरकारले अघि बढाएको विशेष आर्थिक क्षेत्र (सेज)मा नजाने युनिलिभरको भनाइ छ । आफ्नै जग्गा तथा कारखाना पर्याप्त रहेको भन्दै कम्पनीले सेजमा जाने मनसाय नबनाएको उनको भनाइ छ । यसैगरी कम्पनीले उद्योगमा प्रयोग हुने प्लास्टिकको पुन: प्रयोगलाई प्राथमिकता दिएको छ । अहिले प्रयोगमा आएका प्लास्टिकमध्ये ६० प्रतिशतजति पुन: प्रयोग गरिएको मुखर्जीले बताए ।  यस्तै कारखानामा नियमित रूपमा विद्युत् उपलब्धताको सुनिश्चितता नभएको र बेलाबेला बिजुली गइरहने भएकाले सोलार प्रणाली जडान गरिएको उनले जानकारी दिए । ‘अहिले कारखानामा ८० प्रतिशत सोलार प्यानल जडान गरिएको छ,’ उनले भने । मकवानपुरको हेटौंडामा कम्पनीको कारखाना छ । युनिलिभर नेपालका उत्पादनहरू विभिन्न २८ ब्रान्डबाट उपभोक्तासम्म पुगेका छन् । कम्पनीले दैनिक प्रयोग हुने साबुन, डिटरजेन्ट, स्याम्पु, स्किन केयर, टुथपेस्ट, प्याकेज फुडहरू उत्पादन तथा विक्री गर्दै आएको छ । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत यो कम्पनीको गत आव २०७९/८० मा खुद नाफा अघिल्लो वर्षको तुलनामा १६ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ । आव २०७९/८० मा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको पनि उनले जानकारी दिए । कम्पनीको आम्दानी वृद्धि भएपछि नाफा बढेको थियो । कोरोनाकालमा व्यवसाय गर्न निकै कठिन भएको र कति समय कारखाना नै बन्द गरिएको समेत उनले बताए ।

युनिलिभरको नाफा ७७ प्रतिशतले बढ्यो

२९ माघ, काठमाडौं । युनिलिभर नेपालको बिक्री आम्दानीमा भएको वृद्धि तथा कच्चा पदार्थको लागत बाहेक अन्य खर्च व्यवस्थापन गर्दा नाफा उल्लेख्य बढेको छ । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७८/७९ को […]