६ वर्षमा बेरोजगारको संख्या ३ लाखमा झार्ने लक्ष्य

काठमाडौं । राष्ट्रिय योजना आयोगले समग्र मानव संसाधन विकास योजना तर्जुमा अगाडि बढाएको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संसाधन विकास योजना सम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो ।  देश विकासका लागि मानव संसाधन विकासको महत्त्वलाई दृष्टिगत गरी आयोगले समग्र मानव संशाधन विकास योजना तर्जुमा गर्ने कार्यलाई अगाडि बढाएको हो । यसका लागि आयोगका सदस्य पौडेलको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, विश्वविद्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, निजीक्षेत्रका विद्यालयलगायतका प्रतिनिधि सदस्य रहनेगरी निर्देशक समिति गठन गरेको थियो । निर्देशक समितिमा निजीक्षेत्रका तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्य छन् । समग्र मानव संसाधन विकास योजना तर्जुमा अगाडि बढाउन कार्यशर्त तोकेर परामर्शदातालाई प्रतिवेदन तयार गर्न लगाइएको थियो । परामर्शदाताले गत असार २० गते प्रतिवेदनको अन्तिम मस्यौदाको प्रस्तुतीकरण गरेका छन् । मस्यौदा प्रतिवेदनमा नेपालको विद्यमान मानव संसाधनको अवस्था, रोजगारी र बेरोजगारीको अवस्था र २०८६ सालसम्म सृजना हुने सम्भाव्य रोजगारीको प्रक्षेपणसहितको विवरण समावेश गरिएको छ । देशमा हाल करीब ९ लाख बेरोजगार रहेकोमा २०८६ सालसम्ममा ३ लाखमा झार्ने, सार्वजनिक र निजीक्षेत्रमा रोजगारी प्रवर्द्धन गर्ने, शीपमूलक तालीम विस्तार गर्ने लगायत विषय प्रतिवेदनमा समावेश गरिएका छन् । शीपयुक्त रोजगारी सृजना गर्न मानव संसाधन विकास योजना पनि विस्तृत रूपमा सुझाइएको छ ।

सम्बन्धित सामग्री

सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा

सरकारले राखेको १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको छ। पर्यटन बोर्डले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख नाघेको बताएको छ। यी सबै हवाई माध्यमबाट भित्रिएका विदेशी पाहुना हुन्। कोरोना संक्रमणको मारमा परेको पर्यटन क्षेत्र सन...

बेइजिङमा १२.८ मिलियन पर्यटक स्वागत गर्ने लक्ष्य

बेइजिङले सेप्टेम्बरपछिको बिदामा पर्यटनमा वृद्धि गर्ने लक्ष्य राखेको छ।२९ सेप्टेम्बरदेखि अक्टोबर ६ सम्म यस वर्ष १२.८ मिलियनभन्दा बढी मानिसले भ्रमण गर्ने अपेक्षा लिइएको हो। राष्ट्रिय बिदाको यो समयमा आगन्तुकको संख्या गत वर्षको तुलनमा ६०.८ प्रतिशतले बढेको छ भने २०१९ कोभिड पूर्वको बेलाको तुलनामा २१.९ प्रतिशतले बढ्ले अनुमान छ।त्यसमध्ये ५.५ मिलियन पर्यटक चीनकै आन्तरिक र बाँकी विदेशी पर्यटक ल्याउने लक्ष्य छ। पर्यटकलाई स्वागतका लागि २ हजारभन्दा बढी सांस्कृतिक गतिविधि गर्ने बताइएको छ। साथै लोकप्रिय नाटकहर

अधुरा र अलपत्र योजनाको संख्या शून्यमा झार्ने लक्ष्य

म्याग्दी– गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र योजनाको संख्या शून्यमा झार्ने लक्ष्य राखेको छ ।  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औ स्थापना दिवसको अवसरमा मंगलबार बेनीमा भएको कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले चालु आर्थिक वर्षमा अधुरा र अलपत्र योजनाको […]

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइने, आचार्यलाई प्रवक्ताको जिम्मेवारी

बुटवलः लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ। नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को दीर्घकालीन सोच र लक्ष्य प्राप्तिलाई मुख्य केन्द्रविन्दुमा राखेर प्रदेश र जनताको बृहत्तर…

लक्ष्यभन्दा बढायो नेपालले बाघको संख्या

नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धताभन्दा बढी संख्यामा बाघ बढाएको छ । सन् २०२२ सम्ममा बाघको संख्या २५० पुर्‍याउने लक्ष्य लिएको नेपालले पछिल्लो दश वर्षमा लक्ष्यभन्दा १०५ बढी अर्थात् ३५५ पुर्‍याएको हो ।विश्व बाघ दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको नेपालको बाघ गणनाको […]

बाघको संख्या २५० त पुग्ला! तर यसको व्यवस्थापन कसरी?

सन् २०१० को बाघको तथ्याङकलाई आधार मानेर सन् २०२२ मा यसको संख्या दोब्बर बनाउने अन्तराष्ट्रिय लक्ष्य पछ्याइरहेको नेपाल संभवत बाघको संख्या दोब्बर पार्न सफल पनि होला। यो भनेको १२ बर्ष अघिको १२१ लाई दोब्बर भन्दा अलिकति बढि २५० पुर्याउने लक्ष्य छ।...

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा, स्टोरहरूको संख्या दोब्बर बनाउने लक्ष्य

शाओमीले आफ्नो स्टोरहरूको संख्या दोब्बर बनाउने उद्देश्य पूरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरू खोल्ने लक्ष्य लिएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान

चितवन : यो वर्ष गणनामा चितवन राष्ट्रिय निकुञ्जसँगै देशभर बाघको संख्या बढ्ने अनुमान गरिएको छ।निकुञ्जका तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा मात्रै सन् २००० गरिएको बाघ गणनामा ६० वटा, २००९ मा ९१ वटा, २०१३ मा १२० वटा, २०१८ मा ९३ वटा बाघ रहेका थिए।तथ्यांकअनुसार २०१० सम्म विश्वमा ३ हजार बाघ रहेका थिए भने सन् २०२२ सम्म यसको संख्या दोब्बर बनाउने लक्ष्य राखिएको छ। सोहीअनुसार नेपालमा २३५ बाघ रहेका छन् र सन् २०२२ सम्म २५० बाघ पुर्‍याउने लक्ष्य नेपालको छ।नेपालमा २००९ मा १२१ वटा, २०१३ मा १९८, २०१

नेपालमा सन् २०२२ सम्म पाटे बाघको संख्या दोब्बर पुर्‍याउने

चितवन, साउन १४ । बुधबार विश्व बाघ दिवस । बाघको अस्तित्व, मानवको दायित्व भन्ने नाराका साथ दिवस मनाइएको छ । यसै अवसरमा चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामामा आयोजित कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख बाबुराम लामिछानेले नेपालमा बाघको संख्या सन्तोषजनक रहेको बताउनुभयो । सन् २०२२ सम्म नेपालले पाटे बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य […]