प्रधानमन्त्री ओलीका लागि विभाजित जसपा एकताबद्ध रहला ?

काठमाडौंको सत्ता सहकार्यका विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा) अन्ततः फुटको संघारमा पुगेको छ ।  देशकै वैकल्पिक शक्ति बन्ने लक्ष्य लिएर मधेश केन्द्रित विभिन्न स–साना राजनीतिक दलहरू सम्मिलित जसपा एकीकरणको १ वर्ष नबित्दै फुटको संघारमा पुगेको छ ।   मधेश केन्द्रित दलहरू काठमाडौंमा कुन नेतालाई प्रधानमन्त्री बनाउने र सत्ता सहकार्य गर्ने सवालमा आ–आफैंमा विभाजित भएपछि पार्टी फुटउन्मुख देखिएको छ । गत वर्ष वैशाख १० गते मध्यरातमा एकता गरेको साविकको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवाद...