रोजगारीका शिलशिलामा भारत गएका एक नेपालीको मृत्यु

रोजगारीका शिलशिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ । गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उहाँको मङ्गलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताउनुभयो । कोठामै एक्कासी ढलेका साउदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु […]

सम्बन्धित सामग्री

रोजगारीका लागि भारत गएका एकै परिवारका पाँचजना नेपालीको ट्रकको ठक्करबाट मृत्यु

भेरीगङ्गा (सुर्खेत) । ट्रकले ठक्कर दिँदा भारतमा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँचजनाको मृत्यु भएको छ ।  भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँचजना नेपालीको मृत्यु भएको हो ।  मृत्यु हुनेमा सुर्खेत चौकुने–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने–७ का वडाअध्यक्ष धनिराम धमलाले बताए ।  अस्पतालमा उपचार गराइरहेका रतनका दाइलाई भेटेर फर्किने बेलामा उनीहरूले ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाले जानकारी दिए ।  उनीहरू एक वर्षदेखि रोजगारीका लागि भारतमा थिए । चौकुनेस्थित घरमा भने बूढा बुबाआमा मात्रै रहेको धमलाले बताए । घटनाको अनुसन्धानका लागि त्यहाँको प्रशासनसँग माग गरिएको त्यहाँ रहेका नेपालीलाई उदृत गर्दै वडाअध्यक्ष धमलाको भनाइ छ । रासस

भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु

रुकुम - भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो । तीन जना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवा...

भारतमा बस दुर्घटना, ६ नेपालीको मृत्यु

काठमाडौं - भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएकाे छ।  तीर्थयात्राका लागि भारत गएका उनीहरूकाे दुर्घटनामा परी ज्यान गएकाे हाे । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस ...