घोराही–होलेरी, तुलसीपुर–सल्यान र घोराही–तुलसीपुर सडक ठप्प

दाङ - लगातारको वर्षाका कारण दाङको घोराही–तुलसीपुर सडक खण्ड अवरुद्ध भएको छ । घोराहीको सेवार खोला र तुलसीपुर नजिक रहेको काला खोलामा आएको बाढीका कारण सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ । पानी पर्न नरोकिएकाले पदैल यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । नदी किनारमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन प्रहरीको आग्रह छ । यसैबीच दाङको घोराहीदेखि रोल्पाको होलरी शहीद मार्ग पनि ठप्प  छ ।  ठाउँ ठाउँमा खसेको लेदोसहितको पहि...