ओलीसँग ईश्वर पोखरेलले भने- वरिष्ठ उपाध्यक्ष मैले नपाए पद खारेज हुनुपर्छ

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज गर्नुपर्ने माग गरेका छन् ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले यस्तो माग गरेका हुन् ।  ‘वरिष्ठ उपाध्यक्ष मैले पाउनुपर्छ नभए पद खारेज हुनुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।  दुई नेताले दाबी नछाडेपछि पदाधिकारीको सूची बनाउने जिम्मा पाएका केपी ओली अप्ठेरोमा परेका छन् ।  ओलीले निवर्तमान महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरे...

सम्बन्धित सामग्री

पाँचदलीय गठबन्धनको कुनै विचार र सिद्धान्त छैन : ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँचदलीय गठबन्धनको कुनै विचार र सिद्धान्त नभएको टिप्पणी गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले गठबन्धनको कुनै राजनीतिक मान्यताहरु नभएको र एमालेविरुद्ध खडा मात्र भएको...

चुनावमा कुनै गठबन्धन बनाउँदैनौँः ईश्वर पोखरेल

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने स्पष्ट पारेका छन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय पार्टी कमिटीले आवश्यक ठानेमा निर्वाचनमा सिटहरु ‘एरेजमेन्ट’ भने हुनसक्ने उनले बताए। बिहीबार पार्टी केन्द्रिय कमिटी बैठक सम्पन्न भएपछि कुराकानीको क्रममा उनले एमालेलाई निर्वाचनमा अरुको वैशाखीको जरुरी नभएको पनि […]

‘एमाले सधैँ मधेसको पक्षमा छ’ : ईश्वर पोखरेल

जनकपुर, ३० फागुन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गरेका छन् । एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आज (सोमबार) जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पोखरेलले मधेसमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले उभेको जिकिर गरे । उनले भने,“एमाले कुनै नेताको पार्टी […]

राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन् ।शनिबार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताए हो । उनले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको […]

राष्ट्रिय राजनीति ध्रुवीकरण भएको छ : ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको बताएका छन्। शनिवार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्। उनले...

देउवा र ओलीबीच भेटवार्ता जारी, ईश्वर पोखरेल र रिमाल पनि सहभागी

काठमाडौं, १० फागुन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ । मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भइरहेको छ । साँझ ६ः३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए । ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल […]

राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ : ईश्वर पोखरेल

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेण्डाले एकैस्थानमा ल्याउन सक्ने बताएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताए । सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने […] The post राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ : ईश्वर पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमालेमा पदाधिकारी घोषणाः ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष

बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं,वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए।...

वरिष्ठ उपाध्यक्ष पद ‘खारेज’ गर्नेबारे ओलीसहित यी ७ नेताबीच छलफल हुँदै

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदले विवाद सिर्जना हुने देखिएपछि पद नै खारेज गर्ने विषयमा छलफल अगाडि बढेको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी गरेपछि सहमति जुटाउन ओलीलाई असहज भएको थियो ।  पोखरेलले वरिष्ठ आफूलाई बनाउन र नभए पद नै खारेज गर्न ओलीलाई आग्रह गरेका थिए । ओलीले पद नै खारेज गर्न सहज मानेपछि छलफल अगाडि बढेको स्रोतले जनाएको छ । अध्यक्ष ओलीसहित ७ नेताहरू वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्ताव बन्दसत्रमा लैजानेबारे छलफल गरिरहेका छन् । ओलीसँगको छलफल...

ओलीलाई भेट्न फेरि पार्क सफारी पुगे ईश्वर पोखरेल

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेल अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्क सफारी होटल पुगेका छन् ।  यसअघि भएको भेटमा उनले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज हुनुपर्ने माग गरेका थिए ।  त्यही पदमा दाबी गरेका सुवास नेम्वाङले पनि असन्तुष्टि जनाएका छन् ।  वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति हुन नसक्दा बन्दसत्र सञ्चालनमा ढिलाइ भइरहेको छ । बिहान १० बजेका लागि तोकिएको बन्दसत्र अहिलेसम्म शुरू हुन सकेको छैन ।