टोकियो ओलम्पिकः फेन्सिङको महिला टिम फोइलमा रुसलाई स्वर्ण

एजेन्सी। रुसी टिमले फेन्सिङको महिला टिम फोइलमा फ्रान्सलाई हराउँदै स्वर्ण पदक जितेको छ। रुसले फाइनलमा फ्रान्सलाई ४५–३४ को स्कोरमा हराएको हो। रुसले टोकियो ओलम्पिकको फेन्सिङमा पाँच दुई स्वर्ण पदक जितेको छ। रजत पदक जित्ने फ्रान्सको महिला टिम फेइलमा १९८४ पछि पहिलो पटक पदक हात पारेको हो। अमेरिकालाई ४५–२३ ले हराउँदै इटालीले कांस्य पदक जित्यो।