मूल्यवृद्धिको विरोध गर्दै प्रधानमन्त्रीको पुतला दहन

जनकपुरधाम– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ । नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । उनीहरूले जनकपुरधामको जनक चोक र शिव चोकमा प्रदर्शन गरेका छन् । त्यसक्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो । अहिलेसम्मकै उच्च मूल्यवृद्धि गरी सरकारले जनतालाई पीडा दिने […]

सम्बन्धित सामग्री

संसदमा एमालेको विरोध

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध जनाएको हो।...

बानेश्वरमा एमसीसीको विरोध प्रर्दशन (फाेटाेफिचर)

राजधानीको बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले विरोध गरेका छन्।...

विरोध जुलुस

विरोध जुलुसमा सहभागी उसको टोलबासीले देख्ने गरी केहीबेर फर्फरायो। नभन्दै टोलका एकजना ठिटाले उसलाई देख्यो र सोध्यो, ‘ए शिवशंकर अंकल पनि पो आउनुभएछ।राम्रो गर्नुभयो। अब यो विरोध जुलुस केहीबेरमै सासंद भवनतिर बढछ।’...

बारको विरोध प्रदर्शन जारी

काठमाडौं–न्यायलयको शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसियसनले मंगलबार पनि विरोध प्रदर्शन गरेको छ । यसअघि सर्वोच्च परिसरमा विरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायधिश राजीनामा देउ भन्दै कालोपट्टी सहित विरोध गरिएको बारले जनाएको छ । बारका अध्यक्ष […]

एमसिसीको विरोध गर्दै प्रदर्शन

वीरगञ्ज – अमेरिकी आर्थिक सहयोग परियोजना एमसिसीको विरोध गर्दै आइतबार वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ। एमसिसीको विरोध गर्दै नेकपा (एकीकृत समाजवादी) निकट युवा संघले वीरगञ्जमा एमसिसीको विरोध गर्दै जुलुस निकालेको हो। उनीहरूले जुलुस निकाल्दै अमेरिकी आर्थिक सहयोग परियोजना एमसिसीलाई राष्ट्रघाती भएको बताएका थिए। एमसिसी राष्ट्रघाती भएको भन्दै यसलाई कुनै हालतमा पारित गर्न नहुने उनीहरूको भनाइ […]

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीद्वारा विरोध प्रदर्शन

काठमाण्डाै - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डाैको अस्कल क्याम्पस परिसरमा उनीहरुले मूल्य वृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ भने एक लिटर डिजल र मट्टितेलको मूल्य समान १ सय २२ रुपैयाँ पुगेको छ । पछिल्लाे ६ महिनामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे ...

पौडेल पक्षविरुद्ध लगत्तै अर्को विरोध

काठमाडौँ – वडा अध्यक्षमाथि प्रदेश मन्त्रीले हातपात गरेको भन्दै संस्थापन इतर समूहले विरोध प्रर्दशन गरेको केहीबेरमै काउण्टर विरोध भएको छ। पार्टी कार्यालय सानेपामा क्रियाशिल सदस्यता विवादलाई लिएर प्रदेश–२ का महिला बालबालिका र युवा तथा खेलकुदमन्त्री विरेन्द्रप्रसाद सिंहले सर्लाहीकै बर्हथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोमाथि हातपात गरेको विरोधमा इतर समूहले प्रर्दशन गरेको थियो। उक्त विरोध प्रर्दशनलाई […]

युनाइटेडका अमेरिकी मालिकविरुद्ध समर्थकको विरोध जारी

एजेन्सी। म्यानचेस्टर युनाइटेडका समर्थकले अमेरिकी मालिक माल्कम ग्लेजरविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन्। २ मेमा हुने लिभरपुल र युनाइटेडबीचको खेल विरोध प्रदर्शनकै कारण स्थगित भएको थियो। जुन गएराति सम्पन्न भयो। युनाइटेड समर्थकले गएराति पनि ओल्ड ट्राफोर्ड रंगशालाबाहिर विरोध प्रदर्शन गरे। रंगशालाबाहिर विरोध प्रदर्शन भइरहँदा युनाइटेडले लिभरपुललाई ४–२ को नतिजा सुम्पियो। युरोपियन सुपर लिगमा सहभागी हुने निर्णयको विरोध गरेका हुन्।

वसन्तपुरमा कांग्रेसको विरोध सभा

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कांग्रेसले वसन्तपुरमा विरोध सभा आयोजना गरेको छ। काठमाडौंको विभिन्न भागबाट जुलुस सहित कांग्रेस नेता, कार्यकर्ता वसन्तपुर पुगेका थिए। असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेको र्‍याली त्यहाँ विरोध सभामा परिणत भएको थियो। विरोध सभालाई कांग्रेस नेताहरुले सम्बोधन गरिरहेका छन्।