धनकुटा – नेकपा एमाले धनकुटाले आजदेखि ‘मिसन ग्रासरुट’पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९ थालेको छ । यस अभियानले पार्टी सदस्यता वितरणलाई व्यवस्थित गर्न भौतिक उपस्थितिमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्नमा जोड दिने बताइएको छ ।
अभियानको शनिबार उद्घाटन गर्दै एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टी सदस्यता वितरण र नवीकरण गर्दा भौतिक उपस्थितिमा मात्र गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीको विचार, नीति, सिद्धान्त नबुझाइकन नेताको गोजीबाट जथाभावी सदस्य...