महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने, संसद भवनमा भयो मौखिक सहमति

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ। जसपाको उपेन्द्र यादव समूहका तर्फबाट देउवालाई विश्वासको मत दिन १९ जना तयार रहेका बेला ठाकुर समूहका बाँकी १३ जना सांसद पनि तयार भएका हुन्। ठाकुर समूहका एक सांसदका अनुसार…

सम्बन्धित सामग्री

बाटो बिराएकाहरु फर्केर आएः उपेन्द्र यादव

जसपा अध्यक्ष उपेन्द्र यादवले बाटो बिराएकाहरु फर्किएर आएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभामा काँग्रेस सभापति शेरबहादुर देउवालाई महन्थ ठाकुर समूहले पनि विश्वासको मत दिएपछि संसद भवनबाट बाहिरिने क्रममा यादवले यस्तो प्रतिक्रिया दिएका हुन् । आन्तरिक विवादमा फसेको जनता समाजवादी पार्टीको बहुमत सांसदको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो । तर संसदीय दलमा अल्पमतमा रहेको ठाकुर समूहले पनि अन्तिममा देउवालाई नै विश्वासको मत दिने निर्णय गरेको थियो । देउवाले प्रतिनिधिसभाबाट १६५ मतसहित विश्वासको मत पाएका छन् ।