अत्यावश्यक सरकारी कार्यालय बिदामा खोल्ने तयारी

काठमाडौं । सरकारले अत्यावश्यक सरकारी कार्यालय शनिवारबाहेक अन्य सार्वजनिक बिदाका दिन खोल्ने तयारी गरेको छ । पछिल्लो समय सार्वजनिक बिदा धेरै भएको भन्दै जनगुनासो आएपछि बिहीवारको मन्त्रिपरिषद् बैठकमा अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने विषयमा छलफल भएको हो । एक जना मन्त्रीले दिएको जानकारीअनुसार सार्वजनिक बिदाको दिन काम गर्ने कर्मचारीलाई थप सुविधा वा अन्य कुनै व्यवस्था गरेर कार्यालय खोल्ने तयारी छ । सरकारले अत्यावश्यक कार्यालय कुनकुन हुन् भनेर सूची तयार गर्नेछ । सार्वजनिक बिदाका दिन राहदानी विभाग, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालयअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय, खुला राख्ने सरकारको तयारी हो । ‘सार्वजनिक बिदा धेरै भए’ भनेर सार्वजनिक कार्यक्रममा बोलेको केही दिनमै फागुन १ गते जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा घोषणा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना भएको थियो । दाहाल नेतृत्वको सरकारले २ महीनामा पूर्वनिर्धारितबाहेक ३ दिन सार्वजनिक बिदा दिइसकेको छ । गत माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको भोलिपल्ट शोक मनाउन भन्दै सरकारले सार्वजनिक बिदा घोषणा गरेको थियो । त्यसअघि सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई खुशी पार्न सरकारले पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने भन्दै बिदा दियो । दाहालले आफ्नै नेतृत्वमा सशस्त्र संघर्ष शुरू गरेको दिन फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ भन्दै बिदा घोषणा गरेपछि चर्को आलोचना भएको थियो । अहिले दाहालकै इच्छामा सार्वजनिक बिदा घटाउनेभन्दा पनि बिदाका दिन पनि केही कार्यालय खोल्ने तयारीमा सरकार लागेको छ । यसलाई कतिपयले आलोचनाबाट बच्ने दाहालको कूटनीतिक चालको रूपमा बुझेका छन् । बिहीवारको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको काम पूरा नगरी एकतर्फी रूपमा काम छोडेर हिँडेको इटालियन कम्पनी सीएमसीसँग मुद्दा लड्ने निर्णय पनि गरेको छ । विदेशी कानून व्यवसायी राखेर विदेशी अदालतमा मुद्दा लड्ने निर्णय भएको हो । २०७५ पुसमा सीएमसीले ठेक्काअनुसार काम पूरा नगरी इटली फर्किएको थियो भने माघमा सम्झौता तोडिएको थियो । मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने निर्णयसमेत गरेको छ । बुधवार अपरा≈न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त विधेयकलाई फास्ट ट्र्याकमा पास गर्ने गरी अगाडि बढाउने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए । यसअघिको सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजपछि कानूनी जटिलताका कारण संवैधानिक परिषद्को बैठक बस्न समस्या परेको थियो ।   परिषद् निष्क्रिय हुँदा प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिको सिफारिश गर्न समस्या परेको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ अध्यादेशमार्फत पटकपटक संशोधन गर्दै जारी गरेको थियो । उक्त अध्यादेशमा तीन जनामात्र उपस्थित भए पनि बैठकका लागि कोरम पुग्ने व्यवस्था गरेका कारण चर्को आलोचना भएको थियो । उक्त अध्यादेशलाई प्रतिनिधिसभाले पारित नगरेपछि निष्क्रिय भएको थियो ।

सम्बन्धित सामग्री

यी हुन् प्रमुखविहीन सरकारी कार्यालय

सिमकोट – हिमाली जिल्ला हुम्लामा दुई दर्जनभन्दा बढी सरकारी कार्यालय प्रमुखविहीन भएको पाइएको छ। प्रदेश तथा संघ सरकारले आयोजना गरेका तालिम, गोष्ठी, सेमिनार र बैठकमा भाग लिन गएको लामो समय भए पनि हालसम्म जिल्लामा नफर्किएको कारण ती कार्यालय प्रमुखविहीन भएर निमित्तका भरमा कार्यलय सञ्चालन हुँदै छन्। सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीका अनुसार संघ तथा […]

लमजुङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन

लमजुङका अधिकांश सरकारी कार्यालय निमित्त प्रमुखका भरमा संचालन हुँदै आएको छ । कार्यालय प्रमुख नहुँदा विगत लामो समयदेखि जिल्ला कारागार, डिभिजन वन कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पूर्वाधार विकास कार्यालय,...

अनावश्यक सरकारी कार्यालय खारेज होलान्?

सरकारले आर्थिक वर्ष २०८०/८१ मा अनावश्यक सरकारी कार्यालय, विकास समिति, योजना, कोष, विभाग खारेजीको घोषणा गरेको छ।...

अब अत्यावश्यक सेवाका सरकारी कार्यालय कहिल्यै बिदा नहुने !

काठमाडौं। अब विदाका दिन पनि अत्यावश्यकसेवाका सरकारी कार्यालय खुल्ने भएका छन्। सरकारले सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय विदाका दिन पनि खुला राख्ने निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो। जसअनुसार अब मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता कार्यलय हरेक दिन खुल्नेछन्।

आजदेखि सरकारी कार्यालय चार बजे बन्द हुने

आजदेखि सरकारी कार्यालय एक घण्टा छिटो बन्द हुने भएका छन् । अब तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुला रहने भएका हुन् । गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गर्ने गरेको हो । जसअनुसार आजदेखि १५ माघसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुनेछन् । […]

आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने

काठमाडौं : आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने भएका छन्। तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।  गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गर्ने गरेको छ। जसअनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म बिहा न १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुनेछन्। यो अवधिमा शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार

आजदेखि सरकारी कार्यालय खुले, उपत्यकामा चहलपहल बढ्यो

दसैँमा बन्द भएका सरकारी कार्यालय आजदेखि खुलेका छन्। राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ। आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारी साधनको केही चाप...

आजबाट सरकारी कार्यालय खुल्ला

काठमाडौं, ३१ असोज । आजबाट सरकारी कार्यालय खुल्ला हुने भएको छ । बडा दशैंमा फूलपाती देखि दशमीको भोलिपल्ट एकादशीसम्म बिदापछि सरकारी कार्यालय खुल्ला हुने भएको हो । दशैंमा टीका भने कोगाज्रत पूर्णिमासम्म चल्नेछ । विगतमा कोगाज्रत पूर्णिमासम्म बिदा दिइने गरिएकोमा पछि कटौती गरिएको हो । सरकारी कार्यालय आजबाट खुल्ला हुने भएपछि दशैंमा घर गएकाहरु फर्कने […]

मनाङका सरकारी कार्यालय प्रमुखविहीन

जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुख विहीन भएका छन् । असार मसान्त सकिएलगत्तै  मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुख विहीन भएका छन् । कोही घर बिदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुख विहीन भएका हुन् । प्रमुख हिँडेपछि कार्यालय सुनसान छन् । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । तल्लो दर्जाका कार्यालय सहायक र खरिदारले का

खुल्न थाले सरकारी कार्यालय

काठमाडौं, असार १८ । निषेधाज्ञाको कारण प्रभावित भएका सरकारी कार्यालय पुरानै अवस्थामा फर्कन थालेका छन्। संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले देशभर ९० प्रतिशतभन्दा बढी सरकारी कार्यालयहरू खुलेको जनाएको छ। सरकारी कार्यालय खुलेसँगै रोकिएका सेवा पनि सञ्चालन हुन थालेका छन्। सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले देशभर ९० प्रतिशतभन्दा बढी सरकारी कार्यालय खुलेको बताए। कोरना […]