दुई मिठाई पसल सञ्चालकलाई जरिवाना

काठमाडौँ – नियमविपरीत सञ्चालित दुई मिठाई पसल सञ्चालकलाई ३० हजार रुपैयाँ जरिवाना गरिएको छ। काठमाडौँ महानगरपालिकाले तिहार पर्वलाई लक्ष्य गरी सोमबार गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरेको पाइएकाले पसल सञ्चालकलाई जरिवाना गरिएको हो। चाबहिलको पूजा स्वीट हाउसलाई २० हजार तथा ‘गुप्ता एण्ड गुप्ता स्वीट्स एन्ड चाट’लाई १० हजार जरिवाना गरिएको कामपाको कृषि विभागका […]

सम्बन्धित सामग्री

छ व्यापारिक फर्मलाई ३० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले मिठाई तथा फलफूल पसलमा अनुगमन गर्दै उपभोक्ता ठगेको पाइएपछि कारबाही गरेको हो । भक्तपुरको धनुषा एण्ड धनुषा मिठाई भण्डार, शेखधर मिठाई पसल र गुप्ता एण्ड स्वीट्स हाउसलाई प्रति पसल ५÷५ हजारका दरले जरिवाना गरेको छ । यस्तै, भक्तपुरकै माँ लक्ष्मी फ्रुट सेन्टर र ललितपुरको माँ वैष्णदेवी फ्रुट जुस सेन्टर तथा निशा फ्रुट सपलाई जरिवाना गरेको विभागले जानकारी दिएको छ । तीन वटा मिठाई र तीन वटा फलफुल पसलबाट ५

नगरपालिकाले अनुगमन गर्दा अखाद्य मिठाई नष्ट

भक्तपुर नगरपालिकाले सोमवार मिठाई पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नःपुखु, बुलुचा, साकोठा, सुकुलढोका, जगाती र चोखामा मिठाई पसल अनुगमन गरिएको छ । मंगलवार मातातीर्थ औंशीलाई ध्यानमा राखी मिठाई पसल नखोल्न र नबनाउन अनुरोध गर्दै अनुगमन गरिएकोे संयोजक गोराले बताए । अनुगमनमा मिठाई पसल खोलेकाहरूलाई जरिवाना गरिएको र अखाद्य मिठाई नष्ट गरिएको उनले बताए । सुकुलढोकाको श्रेष्ठ मिठाई पसल र जगातीका २ मिठार्ई पसल अनुगमन टोली पुगेको थाहा पाएर भागेका थिए । दिव्य स्वीट्समा...