साउन १५, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले शुक्रवार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।
केन्द्रीय बैंकले प्राप्ति पश्चात इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको हो ।
प्राप्ति गर्ने प्रयोजनको लागि दुवै कम्पनी बीच भएको सहमतिबमोजिम निर्धारण गरिएको नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयरलाई इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर दिने गरी शेयरमूल्य अनुपात कायम हुने छ ।