लक्ष्मी बैंकको १०औं एक्सटेन्सन काउण्टर नयाँ बानेश्वरमा

लक्ष्मी बैंकले काठमाडौं नयाँ बानेश्वरमा १०औं एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ । नागरिक लगानी कोषको कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको बैंकले जानकारी दिएको छ । एक्सटेन्सन काउण्टर विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यमबाट बैंकिङ सेवा लिन सहयोग पुग्ने बैंकले दाबी गरेको छ । लक्ष्मी बैंकले हालसम्म देशका ५० जिल्लामा १३८ शाखा, १० एक्सटेन्सन काउण्टर, पाँच हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्ट विस्तार गरेको छ&nb