२ वर्ष अघिकै मूल्यमा जग्गा बेचेर बाहिरिए व्यवसायी, सर्वसाधारणको लगानी भने जोखिममै

माघ १७, काठमाडौं । विगत ४/५ महीनादेखि मन्दीमा चलिरहेको घरजग्गा व्यवसाय तत्काल लयमा फर्किने संकेत देखिएको छैन । विगतका यस्ता मन्दीमा काम गरिसकेका अधिकांश घरजग्गा व्यवसायीहरु २ वर्ष अघि  किनेकै मूल्यमा जग्गा बेचेर बजारबाट सुरक्षित भइसकेका छन् ।तर आर्थिक मन्दीको ज्ञान नभएका सर्वसाधारणहरुको घरजग्गा क्षेत्रमा गरिएको लगानी भने जोखिममा परेको छ । पछिल्लो समय हरेक महीना घरजग्गा किनबेचको संख्या ओरालो लागेको छ । मंसिर र पुस महीनामा समान ७० हजार हाराहारी घरजग्गा किनबेच भएकोमा माघको आधा महीना बितिसक्दा सम्म जम्मा २९ हजार घरजग्गा मात्रै किनबेच भएका छन् ।  व्यवसायीका अनुसार यो संख्याको किनबेचमा पनि अधिकांस त केही पैसा दिएर ३/४ महीनापछि मात्रै पुरा पैसा चुक्ता गर्ने कागज गर्दै किनबेच भइरहेका छन् । बैंकबाट ऋण लिएर घरजग्गा किन्ने योजना बनाइरहेका धेरैले किनबेच गर्ने भाखा पर सार्दै आएका छन् । कसैले भने विक्रेताको आर्थिक चाप कम गर्ने गरि केहि रकम दिएर सस्तो मूल्यमै जग्गा उठाइरहेका छन् । अहिले घरजग्गा विक्री गर्ने जग्गा धनीहरुले मूल्य घटाएर बेच्न खोजेपनि किन्ने मान्छे भेटाउन सकेका छैनन् । कसैले भने एक वर्षदेखि जग्गा विक्री गर्न खोजेको र अहिले आएर मूल्य घटाएर दिएपछि मात्रै जग्गा विक्री भएको बताएका छन् । बुटवलकी गिता गिरीले आर्थिक समस्या परेरै जग्गा बेच्न खोजेपनि कसैले नकिनेको गुनासो गरेकी छिन् । बाटो, बिजुली र खानेपानी लगायतका सबै सुविधा भएको जग्गा बेच्न खोज्दा पनि लिने मान्छे नपाएको उनको भनाइ छ । केहि दिनअघि बागलुङका एक जना शिक्षकले भैरहवाको जग्गा चलन चल्तीभन्दा निकै सस्तो दिंदा पनि विक्री नभएको बताएका थिए । अहिले घरजग्गा विक्री गर्ने अनलाइन पोर्टलहरुमा पनि हजारौ घरजग्गा विक्रीका लागि मात्रै आउने गरेका छन् । एउटा सामान्य दलाल कम्पनीको हातमा पनि यतिबेला १ हजार भन्दा बढी घरजग्गाहरू विक्रीका लागि उपलब्ध रहेको पाइएको छ । तर उपत्यका बाहिर विक्रीमा राखिएका लाखौ घरजग्गाको तथ्याङ्क भने यी अनलाइन साइटहरुमा पाउन सकिन्न । त्यसकारण यतिबेला जग्गा किन्नेहरु सीमित र विक्रीका लागि राखिएका घरजग्गाहरु असीमित भइसकेको घरजग्गा व्यवसायीहरुले नै बताउने गरेका छन् । स्थानीय तहको निर्वाचन आगामी जेठमा गर्ने तयारी गरेपछि यसले घरजग्गा क्षेत्रमा थप विक्री चाप बढाउने यस क्षेत्रका जानकारहरुले बताएका छन् । स्थानीय तहको निर्वाचनमा टिकट पाउनको लागि पनि पैसा खर्च गर्नुपर्छ । टिकट पाइसकेपछि निर्वाचनको प्रचारप्रसारमा पनि पैसा खर्च गर्नुपर्छ । विगतको इतिहास हेर्ने हो भने स्थानीय तहमा उमेद्वार हुने अधिकांसले घरजग्गा धितो राख्दै बैंक ऋण लिएर चुनाव लडेको पाइन्छ । यतिबेला बैंकले समेत पैसा दिन सक्ने अवस्था नरहेकोले उनीहरुले जग्गै बेचेर टिकट लिने र चुनाव लड्ने तयारी गर्न सक्छन् । यसले घरजग्गाको विक्री चाप थप बढ्न सक्ने विज्ञहरुले बताएका छन् । निर्वाचन भएपछि भने होटल रेष्टुरेन्टको व्यापार बढ्ने, बैंकिङ क्षेत्रमा तरलता केही सहज हुने र यसले घरजग्गा क्षेत्रमा पनि धेरै/थोरै सकारात्मक प्रभाव पार्न सक्ने घरजग्गा व्यवसायी दिनेशलाल चुकेले बताए । 'चुनाव हुने कुराले तत्काल त यो क्षेत्रमा फरक पार्दैन', उनले भने, 'चुनाव भएपछि केही सकारात्मक प्रभाव पर्न सक्छ । त्यति धेरै आशावादी भने हुन सकिन्न ।' अहिले सस्तो मूल्यका घरजग्गाको सामान्य खरीदविक्री भइरहेको छ । १५ देखि २५ लाख रुपैयाँ सम्ममा पाइने घडेरीको विक्री छिटफुट भइरहेको छ । तर ठूलो ठूलो रकमको कारोबार भने विगत लामो समयदेखि नै हुन नसकेको उनको भनाइ छ । कोरोना महामारीबाट पाठ सिकेका घरजग्गा व्यवसायीहरु सुरक्षित भइसकेको उनको दावी छ । 'ज-जसले बैंकबाट ऋण लिएर काम गरिरहनु भएको थियो, उहाँहरुले २ वर्ष अघिकै मूल्यमा जग्गा बेचेर ऋण चुक्ता गरिसक्नु भएको छ', चुकेले भने, 'बैंकको भर पर्नु नपर्ने र आफैसँग लगानी गर्ने पैसा भएका साथीहरुले भने सस्तो सस्तो मूल्यमा पाएका घरजग्गा खरीद पनि गरिरहेका छन् ।' बैंकबाट ऋण लिएर जग्गा किन्ने र त्यहि जग्गा बेचेर नाफा खान्छु भन्ने समय भने अहिले नभएको उनको भनाइ छ । महामारी जति पनि लम्बिन सक्छ । मन्दी पनि तत्काल सकिने संकेत छैन। यस्तोमा ऋणमा बसेर जग्गा राखी राख्दा थप जोखिम हुन्छ । यो सब बुझेरै ऋणमा भएका व्यवसायीले २ वर्ष अघि किनेकै मूल्यमा जग्गा बेचेर बजारबाट बाहिरिएको उनले बताए । यो पनि पढ्नुस : व्यवसायी मात्र होइन सर्वसाधारणको जग्गासमेत विक्री हुन छोड्यो, २ वर्ष अघिकै मूल्यमा दिंदा पनि लिने मान्छे छैनन् भक्तपुरका ९२ ठाउँमा अनधिकृत प्लटिङ, अनुमति नलिएका प्लटिङ किनबेचमा रोक लगाइने नागढुंगा-नौबिसे सडकको जाम हटाउन एकैपटक दुई ओटा विकल्प तयार हुँदै घरजग्गा कारोबारमा मन्दी : ब्याज तिर्न सस्तोमा जग्गा बेच्दै व्यवसायी, पुसमा झन घट्यो कारोबार प्लटिङले सखाप हुँदै उपत्यकाका डाँडा : डाँडा काटेर खोलानाला पुर्दै, घर नबन्ने ठाउँमा पनि प्लटिङ गर्दै

सम्बन्धित सामग्री

हदबन्दीभन्दा बढीको जग्गा धितो राखेर ऋण लिन बाटो खोलिंदै

लगानी बढाउने बहानामा देशभरि हदबन्दी छुटमा राखिएका करिब दुई लाख रोपनी जग्गा बैंकमा धितो राख्न सकिने गरी कानुनहरू संशोधन गरिंदैछ। जानकारहरूले यसलाई हदबन्दी छुट लिएर जग्गा थुपार्दै प्रयोजन विपरीत बैंकमा धितो राखेर भविष्यमा सरकारको स्वामित्वमा आउनसक्ने जग्गा ऋण नतिरेरै हत्याउने नयाँ प्रपञ्च भनेका छन् ।

दर्ता नभएका जग्गा सरकारले लिनुपर्छ : बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दर्ता नभएका जग्गा सरकारको हुने बताएका छन्। भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले दर्ता नभएको जग्गा सरकारले लिनु पर्ने बताएका हुन् । उनले खेलकुदमा राज्यले गरेको लगानी कहिल्यै खेर नजाने बताउदै खेलकुद स्वास्थ्यको महत्वपूर्ण आधार भएको र खेलकुदले जीवनमा सकारात्मक […]

नेसंविको जग्गामा विदेशी लगानी भित्र्याउने तयारी

दाङ– नवीकरणीय सौर्य ऊर्जा उत्पादनका लागि भन्दै नेपाल संस्कृत विश्वविद्यालयको जग्गा उपभोग गर्न विदेशी लगानीकर्ताले लगानी गर्न इच्छा देखाएका छन् । नेपाल संस्कृत विश्व विद्यालयको देउखुरीस्थित राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा रहेको जग्गामा सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित परियोजना सञ्चालन गर्न विदेशी लगानीकर्ता जिल्लामा आएको हो । नेपाल संस्कृत विश्वविद्यालय देउखुरी जग्गा सञ्चालक समितिले नयाँ […]

रासायनिक मल उद्योगका लागि जग्गा अवलोकन

हेटौंडा– बाग्मती प्रदेश सरकारको पहलमा ७८ अरबदेखि एक खर्बसम्मको लागत अनुमान रहेको रासायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा जग्गा हेरिएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, उद्योग तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ र लगानी कम्पनी थाइल्याण्डको मछाडा इन्टरनेसनलकी कार्यकारी प्रमुख पोलिथकलम्फेच थमाचाट्मान खोललाई गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले उद्योगलाई उपयुक्त हुने जग्गा देखाएका हुन् । […]

जग्गा प्लटिङ गर्नेहरु ऋणमा डुब्नथाले

काठमाडौं, २३ असार । जग्गा प्लटिङ धेरैको व्यवसाय नै भयो । छोटो समयमा थोरै लगानीले मनग्य आम्दानी गर्नेहरु पनि भए । यसमा हौसिएर कतिपयले करोडौं ऋण लिएर लगानी गरे । बैंकहरुले पनि त्यस्ता व्यवसायीलाई आँखा चिम्लिएर ऋण दिए । घर घरमा जग्गा किनबेच गराउने विचौलिया जन्मिए । कतिपयले नियमित आम्दानीको काम नै छाडेर जग्गा कारोबारमा […]

बुटवलमा २ अर्ब लागतमा बन्ने थोक कृषि बजारका लागि जग्गा दिन स्थानीय सहमत

विज२९ जेठ, बुटवल । बुटवलको सेमलारमा बन्ने प्रस्ताव गरिएको २ अर्ब लागतको थोक कृषि बजारका लागि जग्गा दिन स्थानीय सहमत भएका छन् । जग्गा प्राप्तिमा सहमति जुटेसँगै उक्त आयोजनामा दातृ निकायलाई लगानी गर्ने बाटो खुलेको हो । यसअघि ५ वर्षदेखि कृषि बजार बनाउन कुरा अघि बढेपनि हालसम्म जग्गा प्राप्तिमा सहमति नहुँदा परियोजना अन्योलमा परेको थियो […]

उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने

अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालनका लागि ५० बर्षसम्म सरकारी जग्गा भाडामा दिने व्यवस्था मिलाइने बताएका छन् ।आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै उनले निर्यातजन्य सामग्रीको उत्पादन गर्ने बैदेशिक उद्योगलाई आकर्षित गर्न र गैर आवासीय नेपालीको लगानी भित्र्याउन बैदेशिक लगानी सम्बन्धी कानुनमा संसोधन गरिने बताए । उद्योगका लागि चाहिने जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने बताए ।

कोरियाली कम्पनी मोट्रेक्सलाई जग्गा दिनै मुस्किल

नेपालमा सवारी एसेम्बल प्लान्ट स्थापना गर्ने इच्छा देखाएको मोट्रेक्सलाई जग्गा उपलब्ध गराउनै हम्मे हम्मे परेको छ । लगानी बोर्डकाअनुसार अहिलेसम्म कम्पनीलाई जग्गा उपलब्ध गराउनै सकिएको छैन ।बोर्डका अनुसार दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले प्रस्ताव गरेपनि उद्योग स्थापनाका लागि स्थान छनौट गर्न सकिएको छैन । उद्योगलाई विशेष आर्थिक क्षेत्र (सेज) मा जानलाई निर्यातमा आधारित हुनुपर्ने मापदण्डले असर गरेको छ । त्यसैले स्थापनाको इच्छा देखाएको कम्पनी खोल्नै मुस्किल परेको हो ।मोट्रेक्सलाई प्लान्ट स्थापना गर

सहकारीहरूलाई अर्थमन्त्रीको प्रश्‍न - तपाईंहरूको लगानी केमा केन्द्रित छ ?

बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले साधे, 'तपाईंहरूको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।'

एमसीए नेपालले भन्यो– कानुनअनुसार नै जग्गा अधिग्रहण

काठमाडौँ – एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ। सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी)को अनुदान सहयोगमा एमसीए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब–स्टेसनका लागि जग्गा अधिग्रहण गरिएको जनाएको छ। उक्त सब–स्टेशनका लागि आवश्यक ३९८ रोपनी […]