सडक निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती

काठमाडौँ,४ पुष । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा बजारमा चार लेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै धुलो उडेर आसपासका पसल तथा घरमा धुलाम्य हुँने गरेको छ । साढे दुई वर्षमा काम सक्ने गरी सम्झौता गरिएको खजुरा बजारको मुख्य सडक निर्माणको काम […]

सम्बन्धित सामग्री

गणेशमानचोक–गौघाट सडक निर्माणमा ढिलाइ

बाँकेमा निर्माणाधीन गणेशमान चोक–गौघाट–परसपुर सडक निर्माण योजनामा ढिलाइ भएको छ । एक वर्षअघि निर्माण सुरु भएको उक्त सडक निर्माण सम्पन्न हुन पाँच महिनामात्र बाँकी छँदा झण्डै सात प्रतिशतमात्रै प्रगति भएको छ । सडक डिभिजन नेपालगन्जका अनुसार निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत उक्त सडकको २०७९ वैशाख २५ गते सम्झौता भएको थियो । तर उक्त सडक निर्माण […]

आईसीपी निर्माणमा ढिलाइ

बाँके । बाँकेको नेपालगञ्जमा निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी (आईसीपी)को काममा ढिलाइ भएको छ । हालसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको भारतीय निर्माण कम्पनी राजदीप बिल्डकोन प्रालिले बताएको छ । नेपाल र भारत सरकारबीच १७ वर्षअघि भएको सम्झौताअनुसार भारतले उक्त आईसीपीको निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ, जसअनुसार नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा राजदीपले १ अर्ब ४७ करोड भारतीय रुपयामा २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७७ पुसदेखि काम शुरू गरेको थियो । समयमा काम सम्पन्न हुन नसकेपछि २०८० जेठसम्मका लागि म्याद थप गरिएको छ । बाँकेमा क्रसर उद्योग बन्द भएकाले निर्माणमा समस्या भएको राजदीपले बताएको छ । कम्पनीका अनुसार क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र संघीय आयोजना कार्यान्वयन इकाइले पनि क्रसर उद्योग बन्द भएकाले निर्माण सामग्रीको आपूर्ति प्रभावित भएको स्वीकारेका छन् । जिल्ला प्रशासन कार्यालय प्रमुख सूर्यबहादुर खत्रीका अनुसार बाँकेमा २६ ओटा क्रसर उद्योग छन् । ती उद्योगहरू विभिन्न कारणले बन्द भएको खत्रीले बताए । ‘क्रसर उद्योग बन्द रहँदा आईसीपी निर्माणका लागि आवश्यक पर्ने सामग्री सहज रूपमा उपलब्ध नभएको भन्ने गुनासो आइरहेको छ, यो समस्या बाँकेमा मात्र नभएर देशव्यापी नै देखिएको छ,’ उनले भने । आईसीपी निर्माणका लागि पुन: थप गरिएको समय सकिन अब ४ महीना बाँकी छ । लगभग ३ वर्षको समयमा ८० प्रतिशत काम सम्पन्न गरेको कम्पनीले समयमा निर्माण सम्पन्न हुने दाबी गर्दै आएको छ । यता, संघीय आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख खड्गबहादुर चौधरीले यसपटक समयमा काम सम्पन्न हुने बताए । ‘आईसीपी निर्माणमा हाम्रो समन्वय भइरहेको छ । प्रगति विवरण पनि लिइरहेका छौं । समयमा काम सम्पन्न हुन्छ,’ उनले भने । निर्माण सामग्रीको अभावले समयमा निर्माण सम्पन्न गर्न चुनौती देखिएको छ । निर्माणकोे प्रगति मासिक ३ प्रतिशत छ, जसअनुसार अबको ४ महीनामा बाँकी २० प्रतिशत काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सहज छैन । भारततर्फको आईसीपी निर्माण भने सम्पन्न भइसकेको छ । निर्माणाधीन आईसीपीको कुल क्षेत्रफल ८६ बिगाहा हो, जसमा १९ दशमलव ५० बिगाहा क्षेत्रफलमा २ दशमलव २ किलोमिटर पक्की सडक निर्माण भइसकेको छ । बाँकी ६६ दशमलव ५० बिगाहा क्षेत्रफलमा करीब डेढ दर्जन संरचना निर्माण भइरहेको छ । आईसीपीभित्र गोदाम, पशु तथा प्लान्ट क्वारेन्टाइन, सवारी पार्किङ स्थल, शौचालय, प्रवेशद्वार, पानी ट्यांकी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायत संरचना बन्दै छन् ।

सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई हैरान

ठेकदार सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा जागेको छ । एक वर्षदेखि सम्पर्कविहीन रहेको ठेकदार अहिले सम्पर्कमा आएपछि उक्त हुलाकी सडक निर्माणको कार्य पुनः सुरु हुने स्थानीयमा आशा पलाएको हो । २०७७ सालमा सुरु भएको सडक निर्माणको कार्य गर्दा गर्दै ठेकदार विभिन्न बहाना देखाउँदै सम्पर्कविहीन भएपछि निर्माण कार्य ठप्प बनेको थियो । सडक निर्माण कार्य ठप्प भएदेखि त्यहाँका स्थानीयहरुले घाममा धुलोको हैरानी र वर्षामा हिलोको परेशानी खेप्दै आएका थिए । सडकमा बनाइएको ढलमा स्लाप नराख्दा ढलम

नेपालगञ्ज–गुलरिया सडक निर्माणमा ढिलाइ

राँझा– नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा बजारमा चार लेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै धुलो उडेर आसपासका पसल तथा घरमा धुलाम्य हुने गरेको छ । साढे दुई वर्षमा काम सक्ने गरी सम्झौता गरिएको खजुरा बजारको मुख्य सडक निर्माणको काम पाँच वर्ष […]

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

भरतपुर : नारायणगढको शहीदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने तीन किलोमिटर सडक निर्माण चार वर्षदेखि अधुरै छ। ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन। सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ। यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ। सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रबन्ध निर्देशक रञ्जन ठाकुरले बताए। ‘नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ&rsq

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

भरतपुर – नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ। ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन। सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ। यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ। सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी […]

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ । ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रबन्ध निर्देशक रञ्जन ठाकुरले बताए । उनले भने, “नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ । एक–दुई हप्ताको

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

१० कात्तिकऽ भरतपुर । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको […]

चिनियाँ कम्पनीकाे लापरवाहीले सडक निर्माणमा ढिलाइ

काठमाडाैँ । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले समयमा सडक निर्माणको काम सम्पन्न गर्न नसक्दा यात्रु तथा चालकहरुले सास्ती खेप्न बाध्य भएका छन् । नेपाल सरकारले सडक निर्माण सम्पन्न गर्न दिएको समयावधि गुज्रिसक्दासमेत निर्माणमा चासो नदिँदा दैनिक यात्रा कष्टकर बन्दै गएको छ । नेपाल सरकारले चिनियाँ स्टेट कम्पनीलाई निर्माणको जिम्मा दिएको नारायणगढ–बुटवल सडकखण्ड […]