हुम्ला । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रतिबद्धता व्यक्त गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको आयोजनामा आज बिहान सदरमुकाम सिमकोटस्थित काठेचुलीमा सरकारी निकायका प्रतिनिधि, यातायात व्यवसायी, सवारीचालक, सहचालक तथा सञ्चारकर्मीले प्रतिबद्धतासहित हस्ताक्षर गरेका हुन्। ट्राफिक नियमको पालना गर्ने, तीव्र गतिमा सवारी नचलाउने, मादकपदार्थ सेवन गरेर सवारी नचलाउने तथा यात्रुको सुरक्षालाई प्राथमिकता दिने सन्देश प्रवाह […]
काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ समस्याग्रस्त सहकारीको २३५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार साना बचतकर्ताको रकम फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको […]
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस रु तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो। खरिद गरेको आठ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेको नेपालगञ्ज उपमहानगरपालिकाका […]
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निजी इक्विटी तथा भेन्चर क्यापिटल (PEVC) क्षेत्रको नियामकीय सुधारसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ सार्वजनिक गरेको छ। प्रतिवेदनले नेपालको उद्यमशीलता, नवप्रवर्तन तथा स्टार्टअप कम्पनीहरूको विकासका लागि दीर्घकालीन पूँजी परिचालनलाई सहज बनाउनुपर्नेमा जोड दिएको छ। सेबोनका अनुसार निजी इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्रको विकासले नवीन सोचमा आधारित व्यवसाय, स्टार्टअप कम्पनी तथा उत्पादनशील क्षेत्रमा […]
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेशमन्त्रीले युक्रेनमाथि रुसको आक्रमणको जवाफमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन्। जर्मन विदेशमन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मञ्च (डब्लुएसएफ)मा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कडा बनाउनुपर्ने बताएका छन्। अमेरिकालाई आपूर्ति गर्ने सम्झौताअन्तर्गत रुसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो […]
चितवन। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज यहाँ आयोजित अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको विषयक छलफलमा सहभागीहरुले सामाजिक सञ्जालमार्फत वाक स्वतन्त्रताको नाममा मनोमानि वढेको बताएका हुन्। नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे आयोगले देशव्यापि रुपमा गरिरहेको अध्ययनमा आयोजित कार्यक्रममा पत्रकार, कानुन व्यवसायी, मानवअधिकारकर्मीलगायतले अभिव्यक्ति […]