‘राखेप सदस्य सचिव विवादको बहानामा खेलकुद गतिविधि नराेकाैं’

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन आग्रह गरेको छ ।  संघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव विवादको टुंगो नलागेको बहानामा खेलकुदका सबै गतिविधि रोकिने अवस्थाको अन्त्यका लागि प्रभावकारी पहल कदमी गर्न खेलकुद मन्त्रालयलाई आग्रह गरेको हो ।  ‘खेलाडीले प्रशिक्षण र प्रतिस्पर्धाको मौका नपाउने हो भने उसको मेहनतको कुनै अर्थ रहन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अदालतबाट मुद्दा टुंगो नलागेसम्मका लागि राखेप...

सम्बन्धित सामग्री

राखेप सदस्य सचिव र आइसीसी अध्यक्षबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बारक्लेबीच मंगलबार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी– २० क्रिकेटमा नेपालले […] The post राखेप सदस्य सचिव र आइसीसी अध्यक्षबीच भेट first appeared on हाम्रो खेलकुद.

राखेप सदस्य सचिव घिसिङ अस्वस्थ्य

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेपप) का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् । गत बिहीबारदेखि सदस्य सचिव घिसिङ अस्वस्थ रहे पछि पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको राखेपले जनाएको छ । अस्वस्थ भएपछि बिहीबारै कीर्तिपुरस्थित नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा भर्ना भएका सदस्य–सचिव घिसिङलाई शुक्रबार साँझ डिचार्ज गरिएको छ । उनलाई चिकित्सकले केहि […]

‍नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुन्छः राखेप सदस्य सचिव घिसिङ

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा कुनै दुविधा नरहेको बताएका छन्। सदस्य सचिव घिसिङले मन्त्रिपरिषद्ले मिति तय गरेबमोजिम राखेप तयारीमा जुटिसकेको उल्लेख गर्दै गण्डकी प्रदेशवासीलाई समेत आफ्नो अपनत्व ग्रहण गर्ने गरी तयारीमा लाग्न आग्रहसमेत गरे। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार […]

राखेप सदस्य सचिव र कतारका राजदूतबीच भेट

४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच भेटवार्ता भएको छ । भेट वार्ता त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङको कार्यकक्षमा भएको हो । भेटमा सदस्य–सचिव घिसिङले राजदूत युसुफ खेलकुद प्रेमी भएको थाहा पाउँदा खुशी लागेको बताउँदै कतारमा हुने विश्व कपको पूर्व सन्ध्यामा नेपालस्थित दूतावाससँग समन्वय […]

राखेप सदस्य सचिव घिसिङद्वारा कबड्डी टोलीलाई बिदाइ

काठमाडौँ – १९औँ एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा शुभकामनासहित बिदाइ गरेका छन्। बिदाइ गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रक्रिया भएको बताए। उनले यो प्रशिक्षण ९औँ राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षणसमेत रहेको भन्दै एशियाली खेलकुदको मिति तय नभए पनि खेलाडीहरूको स्तर वृद्धि […]

राखेप सदस्य सचिव सम्बन्धि सुनुवाई फेरि सर्यो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्ती सम्बन्धि सर्वोच्च अदालतमा विचाराधिन रिटको सोमबार पनि पेसीनै नचढी स्थगित भएको छ । कोभिड १९ का कारण सिमित काम मात्र हुने भएको स्थगित गरिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । प्रवक्ता दाहाल का अनुसार अर्को पेसी फागुन २ गतेका लागि तोकिएको […]

राखेप सदस्य सचिव घिसिङको सपथ र पदभार आज

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज (मंगलबार) नै पद तथा गोपनियताको सपथ लिने भएका छन् । मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । नेकपा माओवादीका नेता समेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन् । उनी नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय […]

राखेप सदस्य सचिव सिफारिस गर्न समिति गठन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव सिफारिस गर्न बिहिबार समिति गठन गरेको छ । ३ सदस्यीय समितिमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेप बोर्डका पूर्वसदस्य इन्दिरा निरौला र पूर्वकर्मचारी रिम रानाभाट छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त गर्न मन्त्रालयले दरखास्त पनि […]

राखेप सदस्य सचिव सिलवाल बर्खास्त !

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेकाे छ । आज साेमवार बसेकाे मन्त्रिपरिषद् बैठकले राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे । केपी ओलीकाे सरकारकाे पालामा राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई देउवा सरकारले स्पष्टीकरण साेधेकाे थियाे । त्याे स्पष्टीकरणकाे चित्तबुझ्दाे जवाफ नदिएकाे भन्दै सिलवालाई बर्खास्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे हाे । यस्तै देउवा सरकारले सिलवालसहित युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय ...

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई पटबाट हटाईएको छ ।